पार्टी कार्यालयमै नेविसंघबाट घेरिए देउवा (तस्बिरसहित)
काठमाडौंँ–पूर्वनिर्धारित कार्यक्रम अनुसार काँग्रेसको केन्द्रीय समिति बैठक आज ११ बजेलाई बोलाइएको थियो ।
सोही समयलाई ख्याल गर्दै काँग्रेस नेताहरु ११ बजेबाटै पार्टी कार्यालय सानेपा पुगेका थिए ।
तर, सभापति शेरबहादुर देउवा भने निर्धारित समयभन्दा २ घण्टा ढिलामात्रै पार्टी कार्यालय पुगे । २ घण्टा ढिला पुग्दा पनि देउवा सहजै बैठकस्थलमा छिर्न भने पाएनन् ।
म्याद थपेको विरोधमा नेसिंघको असन्तुष्ट समुहले पार्टी कार्यालयमा प्रदर्शन गर्ने खवर देउवाले थाहा नपाउने कुरा थिएन । त्यही भएर देउवा बिहीबार निर्धारित समयभन्दा २ घण्टा ढिलोगरी कार्यालय पुगेका थिए ।
तर, ११ बजेदेखि नै नारावाजी गरेर बसेका नेविसंघ कार्यकर्ता देउवालाई कुरेर बसिरहे । जव देउवा १ बजे पार्टी कार्यालय पुगे असन्तुष्ट नेविसंघ कार्यकर्ताले चर्को नारावाजी सुरु गरे र देउवालाई घेराउ गर्न थाले ।
नारावाजी सुनेका देउवा गाडीबाट ओर्लदै दुई हात जोडेर कार्यालय छिरेका थिए ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण