दुई राप्रपाबीच माघ १८ गते एकीकरण गर्ने सहमति, राणा र लोहनी दुबैजना अध्यक्ष
काठमाडौं– पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र प्रकाश चन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीबीच एकीकरण गर्ने समझदारी भएको छ ।
लोहनी र राणासहितका पदाधिकारीबीचको वार्ताबाट एकीकरण गर्ने समझदारी बनेको राप्रपा स्रोतले जनाएको छ ।
राप्रपा प्रजातान्त्रिकका प्रवक्ता राजेन्द्र गुरुङले माघ १८ गते १ बजे राष्ट्रियसभा गृहमा एकीकरण घोषणा कार्यक्रम राखिएको पुष्टि गरे ।
यस्तै एकीकृत राप्रपा राष्ट्रवादीका सहायक प्रवक्ता जनकराज पाठकले लोहनी र राणा दुबै अध्यक्ष रहने गरी एकीकरण गर्ने समझदारी भएको रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार हिन्दुराष्ट्र र राजसंस्थाको मुद्दाका विषयमा ठोस धारणा बनाउन एकीकरणको एक महिनाभित्र अन्तरिम विधान तयार गरिनेछ ।
दुई वर्षअघि तत्कालिन राप्रपाबाट र राप्रपा नेपालबीच पार्टी एकता भएर कमल थापाको नेतृत्वमा राप्रपा गठन भएको भएपछि आन्तरिक खिचतानीका कारण सुरुमा लोहनी पार्टीबाट बाहिरिएका थिए भने त्यसपछि राणाले पार्टी विभाजन गरेका थिए ।
कमल थापासँग पार्टी एकीकरण अघि भने लोहनी र राणा एकै पार्टीमा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण