३३ किलो सुन तस्करी प्रकरण : श्रेष्ठविरुद्ध १४ करोडको मुद्दा दायर
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, भन्सार कार्यालयका रेडियो अपरेटर श्यामकृष्ण श्रेष्ठले गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै विशेष दालतमा मुद्दा दायर गरेको छ ।
श्रेष्ठविरुद्ध अख्तियारले १४ करोड ६१ लाख २४ हजार ४ सय ७८ रुपैयाँ ८८ पैसा विगो दावी गर्दै मङ्गलबार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।
उनले गैरकानूनी सम्पत्ति आर्जन गरेको भनि आयोगमा परेको उजुरीका आधारमा उनलाई जरिवाना र कैद सजाय दुबै माग गरेको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालयमा हुँदा ३३ किलो सुन तस्करीको अभियोगमा २०७३ साल पुस २७ देखि निलम्बनमा परेका थिए ।
साथै श्रेष्ठको जेठी श्रीमति तारावेवी श्रेष्ठ, कान्छी श्रीमती रेखा श्रेष्ठ, बुबा ज्ञानकृष्ण श्रेष्ठ, आमा चन्द्रदेवी श्रेष्ठ, भाइ रामकृष्ण श्रेष्ठ र बुहारी रविना प्रधानाङगको नाममा आफूले गैरकानुनी रुपमा आर्जेको सम्पति राखेकाले उक्त सम्पत्ति जफत गर्न अख्तियारले माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण