सहिदहरुको सपना विपरित लुटतन्त्र र भ्रष्टाचारले मलजल पायोः कमल थापा
काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले कागजी रुपमा मात्र नभई व्यवहारिक रुपमा सहिदका सपना पुरा गर्ने कार्य गरे मात्र राष्ट्र र राष्ट्रियता प्रति समर्पण गर्दै सहादत प्राप्त गरेका सहिदहरुप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएका छन् ।
राप्रपाद्वारा केन्द्रीय कार्यालय धुम्बाराहीमा सहिदहरुको सम्मान र सम्झनामा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले प्रजातन्त्र, लोकतन्त्र जस्ता शब्दहरु संविधान, कानुन तथा भाषणहरुमा प्रशस्त भएपनि यथार्थमा त्यसको आभाष अझैसम्म हुन नसकेको भन्दै सहिदहरुको सपना विपरित लुटतन्त्र र भ्रष्टाचारले मलजल पाएको दाबी गरे ।
दल तथा नेताहरुको अकर्मण्यताकै कारण देश टुक्र्याउने आवाज उठ्नु, दिनहुँजसो जबर्जस्ती धर्म गराउने क्रम बढ्नु, हत्या, भ्रष्टाचार, हिंसा, बलत्कार जस्ता कुकृत्यले सीमा नाघ्दै गएकोले विर सहिदहरुको सपनामा तुषारापात हुने हो कि भन्ने शंका पैदा भएको बताउँदै अध्यक्ष थापाले सहिदहरुको सम्मानको लागि आम जनताले परिवर्तनको महसुस गर्न सक्ने वातावरण तयार गर्न सबैमा आग्रह गरे ।
राष्ट्रवादी विचार बोकेकै कारण राप्रपाका करिब २०० जना व्यक्तित्वले साहदत प्राप्त गरेको पनि सो क्रममा स्मरण गरे ।
राज्यले घोषणा गरेका सहिदहरुलाई पार्टीगत आधारमा गरिएको विभेदको अन्त्य गर्दै सबैलाई समान व्यवहार गर्न थापाले सरकारसँग माग गरे ।
कार्यक्रममा पार्टीका नेता राजीव पराजुली, सहिद पत्नि सुन्तली ढुंगेल लगायतले मन्तव्य राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण