हुन्डाइको नयाँ कोना ईलेक्ट्रिक एसयूभी कार सार्वजनिक
काठमाडौं– हुन्डाईको नेपालका लागि आधिकारक वितरक लक्ष्मी इन्टरनेशनलले नयाँ कोना ईलेक्ट्रिक एसयूभी कार सार्वजनिक गरेको छ ।
यो कार हुन्डाइको पहिलो पूर्ण–ईलेक्ट्रीक सब कम्प्याक्ट एसयूभी हो । सबै प्रयोजनको लागि चलाउन मिल्ने डिजाइनको आधुनिक कार भएको कम्पनीले बताएको छ । कोना ईलेक्ट्रिक एसयूभीमा लिथियम आयोन पोलिमर ब्याट्री प्याकको पावर रहेको छ । सिंगल चार्ज गर्दा यसको ईलेक्ट्रिक ड्राईभिङ रेन्ज ३०० किलोमिटर भन्दा बढी (रिजेनेरेटिङ ब्रेकिङ इफेक्ट समेत) रहेको छ ।
कारको मुख्य विशेषताहरुमा टप–बटम एलईडी डीआरएलएस र हेडल्याम्प, ढाकिएको फ्रन्ट चार्ज पोर्ट, एलईडी रियर ल्याम्पहरु, अटोहोल्डको साथ ईलेक्ट्रिक पार्किङ ब्रेक, प्याडल सिफ्टर, तातो र हावाजाने अगाडिको सिटहरु, ताररहीत चार्जर (फोन), ६ एअरब्यागहरु (अगाडि र साइडमा थोरेक्स र पेल्भीस), हिल एसिस्ट कन्ट्रोल आदी छ ।
यो कारको सुरुवाती मूल्य ५१ लाख ९६ हजार रहेको छ । हुन्डाईले भविष्यमा विविध वातावरण मैत्री गाडी ल्याउने तयार गरेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्रीको दाबीमा ऊर्जामन्त्रीको जवाफ : २० होइन, ऊर्जामा पहिलो सल्लाहकार नियुक्त !
-
नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा, सावधानीपूर्वक सवारी चलाउन आग्रह
-
आयुक्तहरूको कार्ययोजना : प्रविधि र विदेशमा मतदानको एजेन्डा, सांसदका प्रश्न– कसरी पत्याउने ?
-
नेपालको अबको साझा एजेन्डा लगानी मात्रै हो : अर्थमन्त्री
-
कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक
-
कांग्रेस आधिकारिकता विवादः असन्तुष्ट पक्षको दोस्रो पुनरावलोकन निवेदन सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण