घाइते सांसद वलीलाई भेट्न सभामुख महरा अस्पतालमा
काठमाडौं– सभामुख कृष्णबहादुर महराले सवारी दुर्घटनामा परी घाइते भएका प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य उत्तर कुमार वलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
सभामुख महराले शनिबार बिहान मेडिसिटी हस्टिपल पुगी प्रदेश सांसद वलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् ।
घाइते सांसद उपचारमा संलग्न डाक्टरहरुले सांसद वलीलाई धेरै चोट लागेको भए पनि खतरामुक्त रहेको र आइसियूमा राखेर उपचार भइरहेको सभामुख महरालाई जानकारी गराएका थिए ।
भेटमा सभामुख महराले सांसद वलीको उपचारमा कुनै कमी हुन नदिन अस्पताल प्रशासनलाई आग्रह गरेका छन् ।
सभामुख महरासँगै घाइते सांसद वलीलाई भेट्न नेकपा संसदीय दलका सचेतक तथा प्रतिनिधि सभाका सदस्य शान्ता चौधरी पनि मेडिसिटी हस्पिटल पुगेकी थिइन् ।
दाङ क्षेत्र नं. ३ ख बाट निर्वाचित प्रदेश सांसद वली बिहीबार बेलुकी घोराही–लमही सडकखण्डमा सवारी दुर्घटनामा परेका थिए ।
उनको अहिले मेडिसिटी हस्पिटलको आइसियूमा राखेर उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण