आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

घाइते सांसद वलीलाई भेट्न सभामुख महरा अस्पतालमा

शनिबार, २६ माघ २०७५, १२ : ४७
शनिबार, २६ माघ २०७५

काठमाडौं– सभामुख कृष्णबहादुर महराले सवारी दुर्घटनामा परी घाइते भएका प्रदेश नम्बर ५ का  प्रदेश सभा सदस्य उत्तर कुमार वलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । 

सभामुख महराले शनिबार बिहान मेडिसिटी हस्टिपल पुगी प्रदेश सांसद वलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् । 

घाइते सांसद उपचारमा संलग्न डाक्टरहरुले सांसद वलीलाई धेरै चोट लागेको भए पनि खतरामुक्त रहेको र आइसियूमा राखेर उपचार भइरहेको सभामुख महरालाई जानकारी गराएका थिए ।

भेटमा सभामुख महराले सांसद वलीको उपचारमा कुनै कमी हुन नदिन अस्पताल प्रशासनलाई आग्रह गरेका छन् । 

सभामुख महरासँगै घाइते सांसद वलीलाई भेट्न नेकपा संसदीय दलका सचेतक तथा प्रतिनिधि सभाका सदस्य शान्ता चौधरी पनि मेडिसिटी हस्पिटल पुगेकी थिइन् । 

दाङ क्षेत्र नं. ३ ख बाट निर्वाचित प्रदेश सांसद वली बिहीबार बेलुकी घोराही–लमही सडकखण्डमा सवारी दुर्घटनामा परेका थिए । 

उनको अहिले मेडिसिटी हस्पिटलको आइसियूमा राखेर उपचार भइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप