फिल्म ‘रुमालै छ चिनो’ ले ल्यायो रुवाउने गीत
काठमाडौं – फिल्म ‘रुमालै छ चिनो’ को नयाँ गीत ‘आमा नबस्नु पर्खेर सार्वजनिक भएको छ । लोक शैलीको गीतमा अभिनेता सुशान्त कार्की, सन्चिता लुइटेल, किशोर खतिवडा पनि देखिएका छन् ।
युद्दमा होमिएका सिपाहीले घर परिवारलाई सम्झिदाको पिडा फिल्मले देखाउन खोजेको छ । गीतमा बिरही कार्कीको स्वर रहेको छ ।
नेपाली लाउरेको कथा बोल्ने यस फिल्ममा नायक सुशान्त कार्की इण्डियन लाउरेको भूमिकामा देखिएका छन्, भने उनको जोडीको रुपमा नबनायिका अप्सना थापा छिन् ।
यसभन्दा अघि फिल्मको ‘ए माया’ बोलको पहिलो गीत सार्वजनिक भएको थियो । फिल्मको कथाबस्तु सबै रेशम थापाले नै लेखेका हुन्, भने चलचित्रमा किशोर खतिवडा , संचिता लुइँटेल, सुशान्त कार्की, अफ्शाना थापा, रश्मी भट्ट , मिथिला शर्मा, सुरबीर पण्डित, लक्षमण बिक्रम बस्नेत, सुरज महरा, सन्ध्या खड्का, अमृता पाण्डे, शान्ति श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
ज्योती फिल्मसको ब्यानरमा बनेको यो फिल्मलाई चन्द्र ब खड्का, दिपक ढकाल र राम पाण्डेले सयुक्त रुपमा लगानी गरेका हुन् ।
फिल्म निर्देशन दिनेश सिंह ठकुरी गरेका हुन्, भने चलचित्र फागुन १० देखि प्रदर्शनमा आउदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा नर्वेको सानदार सुरुवात, निरीह बन्यो इराकी टोली
-
मेस्सीको खेलको प्रतीक्षा : समूह चरणको पहिलो खेलमा अल्जेरियासँग भिड्दै अर्जेन्टिना
-
निःशुल्क हवाई उद्धारले गर्भवती र सुत्केरीलाई सहज
-
कालीकोटमा भेटियो रेडपान्डा
-
अन्तरराष्ट्रिय परिवार विप्रेषण दिवस मनाइँदै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण