सामसुङको फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन सार्वजनिक
सानफ्रान्सिस्को– दक्षिण कोरियाको विश्वविख्यात स्मार्टफोन निर्माता कम्पनी सामसुङले बुधबार फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । विश्वमै फोल्ड गर्न मिल्ने मोबाइल निर्माण गर्ने सामसुङ पहिलो कम्पनी पनि भएको छ ।
तीब्र प्रतिस्पर्धाका कारण मोबाइलको बिक्री घट्न थालेपछि चिन्तित देखिएको सामसुङले नयाँ विशेषता सहितको नयाँ फोन सार्वजनिक गरेको हो । यस फोनमा पाँचौं पुस्ता (फाइभ–जी) को तारविहीन टेलिफोन नेटवर्कमा समेत काम गर्नेछ ।
सामान्य स्मार्टफोन र ट्याबलेट दुबै स्वरुपमा विकास गरिएको नयाँ स्मार्टफोनमा कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) र अरु विशेषता थप गरिएको छ ।
अमेरिकाको सानफ्रान्सिस्कोमा सार्वजनिक गरिएको यस फोनको नाम ग्यालेक्सी फोल्ड राखिएको छ । एउटै डिभाइसमा ४.६ इन्चको स्मार्टफोन र ७.३ इन्चको ट्याबलेट रहेको छ ।
यो स्मार्टफोन अप्रिल २६ तारिखबाट बजारमा आउनेछ । यसको मूल्य अमेरिकामा एक हजार ९८० अमेरिकी डलर रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका जस्टिन डेनिसनले नयाँ उपकरणमा तीनवटा एप्स एकैसाथ चलाउन मिल्ने जानकारी दिए । ‘तपाईंले एकै समय युट्युबमा भिडियो हेर्न, यसका बारेमा साथीसँग अन्तक्रिया गर्न तथा यात्राका लागि नयाँ गन्तव्यको खोजी गर्न सक्नुहुन्छ ।’
सोही समारोहमा सामसुङले ग्यालेक्सी एस १० को नयाँ मोडेल पनि सार्वजनिक गरेको छ । यो स्मार्टफोनमा पाँचौं पुस्ता (फाइभ–जी) को तारविहीन टेलिफोन नेटवर्कको प्रयोग गर्न सकिन्छ ।
सामसुङका अन्य प्रतिस्पर्धीहरुले अर्को साता शुरु हुने मोबाइल वल्र्ड कङ्ग्रेसमा फाइभ–जी मोबाइल सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पकी पत्नी र छोराबारे इरानी सञ्चारमाध्यमद्वारा विवादास्पद भिडियो सार्वजनिक
-
सुनसरी घटनाको असर : सिरहामा राजमार्ग अवरुद्ध
-
एमालेसँग भएको तीन बुँदे सहमतिलाई लिएर पार्टीभित्र कुनै विवाद छैन : प्रवक्ता ज्वाला
-
नेपाल टेलिकमले ल्यायो ‘मनसुन अफर’, नमस्ते क्रेडिट सीमा पनि बढ्यो
-
नागढुङ्गा सुरुङमार्गबारे पूर्वप्रधानमन्त्री खनालको प्रतिक्रिया, ‘मेरो पहिलो निर्णय यथार्थमा परिणत भयो’
-
समयमै परीक्षण गरौँ, हेपाटाइटिसबाट बचौँ : प्रा.डा. दिलीप शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण