धनाको उचारका लागि ‘बधाई’ गीत
काठमाडौं – आगोले जलेर पनि आफूलाई सम्हाल्दै आएकी गायिका धना परियारको स्वर रहेको निकै मार्मिक लोक गीत ‘बधाई’ सार्वजनिक भएको छ । गीत आकर्षक भिडियो सहित सार्वजनिक भएको हो । गीतमा गायिका परियारलाई तुलसिंह रनपछाईले स्वरमा साथ दिएका छन् ।
ऋषी खड्काको लय र समिक्षा बुढाथोकीको शब्द रहेको गीतको भिडियो गायत्री थापाको प्रस्तुतिमा शिव दर्शन फिल्मस् प्रालीले निर्माण गरेको हो ।
गीतको भिडियो ट्रयाजेटी थिममा तयार गरिएको छ । भिडियोमा रोशन सिंह, साया भण्डारी र तेज बोगटीको अभिनय रहेको छ । रोशन सिंहले निर्देशन गरेको भिडियोमा अजय रेग्मीको छायाँकन र मिलन बिश्वकर्माको सम्पादन रहेको छ ।
धना परियारको उपचारमा सहयोग गरिरहेकी गायिका गायत्री थापाले भिडियो आम्दानी गायिका धनालाई नै प्रदान गरिने जानकारी दिइन् । थापाले ‘देश बिदेशमा रहनु भएका संगति प्रेमी सबैमा गीत शेयर गरेर सहयोग गरिदिन समेत आग्रह गरेकी छन् ।’
मीठो स्वरकी धनी गायिका धना नेपालमा चलेको एक कु प्रथाका कारण गोठमा सुत्दा अचानक आगलागी हुँदा आगोमा जल्न पुगेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा नर्वेको सानदार सुरुवात, निरीह बन्यो इराकी टोली
-
मेस्सीको खेलको प्रतीक्षा : समूह चरणको पहिलो खेलमा अल्जेरियासँग भिड्दै अर्जेन्टिना
-
निःशुल्क हवाई उद्धारले गर्भवती र सुत्केरीलाई सहज
-
कालीकोटमा भेटियो रेडपान्डा
-
अन्तरराष्ट्रिय परिवार विप्रेषण दिवस मनाइँदै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण