आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका सेनाका जमदारको परिवार भेट्न पुगे प्रधानसेनापति

शुक्रबार, १७ फागुन २०७५, २३ : ०४
शुक्रबार, १७ फागुन २०७५

काठमाडौं – हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका नेपाली सेनाका जमदार  अर्जुन घिमिरेको शोकाकुल परिवारलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले भेटेका छन् । 
शुक्रबार थापा जमदार घिमिरेको निवासमा परिवारलाई भेट्न पुगेका हुन् ।  भेटमा सेनापति थापाले स्वर्गीय घिमिरेको परिवारलाई समवेदना प्रकट गरेका थिए । 

बुधबार ताप्लेजुङको तारेभीरमा भएको एयर डाइनेस्टीको हेलिप्कोटर दुर्घटनामा हुँदा उनीसहित पर्यटनमन्त्री रवीन्द्र अधिकारी, यति एयरलाईन्सका प्रबन्ध निर्देशक, आङछिरिङ शेर्पा, नेपाल नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ र निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी मृत्यु भएको थियो । घिमिरे पर्यटनमन्त्रीको अंगरक्षकको रुपमा कार्यरत थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप