आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

आन्दोलनबाटै राजसंस्था र हिन्दु राष्ट्र स्थापित गर्ने राप्रपा (संयुक्त)को घोषणा

मङ्गलबार, २१ फागुन २०७५, ११ : ५४
मङ्गलबार, २१ फागुन २०७५

विराटनगर– राप्रपा (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले आन्दोलनबाटै राजसंस्था सहितको प्रजातन्त्र र हिन्दू राष्ट्र स्थापित गर्ने घोषणा गरेका छन् । 

प्रदेशस्तरीय भेलाबारे जानकारी दिन मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष जवराले सबैलाई स्वीकार्य हुने राजसंस्था सहितको प्रजातन्त्र र सनातन हिन्दू राष्ट्रलाई लिएर संविधानप्रति आफ्नो असहमति रहेको बताए । तर, उनले त्यहि संविधानको अधिकार प्रयोग गर्दै आन्दोलन गर्ने बताए । 

‘संविधानले दिएको अधिकार उपयोग गर्दै, पार्टीको संगठन सुढृद गरेपछि हामी आन्दोलन गर्छौ । जनताको सहयोगबाटै हाम्रा मान्यता स्थापित गर्छौं’ अध्यक्ष राणाले पत्रकार सम्मेलनमा भने ।

त्यस्तै उनले संविधानमा केही राम्रा पक्षहरु भएको पनि बताए । ‘संविधान संशोधन गर्ने अधिकार दिइएको छ । यो संविधानको राम्रो पक्ष हो । यही व्यवस्थालाई टेकेर हामी राजसंस्था सहितको प्रजातन्त्र र सनातन हिन्दु राष्ट्र स्थापना गर्छौं’ अध्यक्ष राणाको भनाई छ ।

पत्रकार सम्मेलनमा अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले संविधानले दिएको हक उपयोग गर्दा कसैले आफुहरुलाई थुन्छ भने आफुहरु थुनिन तयार रहेको बताए । ‘कसैले थुन्छ भने थुने हुन्छ । यो हाम्रो चुनौति हो’ अध्यक्ष लोहनीले चेतावनी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप