भीभो भी१५प्रो नेपालमा, एलेभेटिंग फ्रन्ट क्यामराको विशेष प्रयोग
काठमाडौं– भीभोले आज आफ्नो भी सिरिजको नयाँ स्मार्टफोन भी१५प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ । भीभो भी१५प्रो पहिलो मोडल हो जसमा भीभो नेक्सपछि यस उद्योगकै पहिलो एलेभेटिंग फ्रन्ट क्यामरा प्रयोग गरिएको छ ।
जसमा ग्राहकहरुको आवश्यकताअनुसार आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरिएको छ भने इन्टेलिजेन्स पर्सनल असिस्ट्यान्टका साथमा फूल स्क्रीन स्मार्टफोन ल्याएको हो । भीभोले पुनः एक पटक एलेभेटिंग क्यामरा ल्याएर यसअघिको मान्यताभन्दा अगाडि बढेको छ जसले मोबाइलको अनुभवलाई उत्कृष्ट बनाउँछ । भी सिरिजमा उच्च स्तरका प्रविधिहरु तथा फीचरहरु राखिएको छ, जसले फोनलाई प्रिमियम फोनको अनुभव दिन्छ ।
एलेभेटिंग फ्रन्ट क्यामराका अतिरिक्त भी१५प्रोमा एआई ट्रिपल क्यामरा सेटअप रहेको छ, जसले व्यवसायीक फोटोग्राफीका लागि माथिल्लो तहको अनुभव दिन्छ भने यसका साथमा इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानिंग समेत राखिएको छ ।
भीभो नेपालका ब्राण्ड प्रमुख पेङ्गदाले भने, ‘आविश्कार हाम्रो प्रमुख मूल्य हो । उद्योगकै पहिलो एलेभेटिंग फ्रन्ट क्यामराले फोनमा बेजेललेस डिस्प्ले प्रदान गरेको छ। हामी सँधै गेम चेन्जिंग फीचहरु ल्याउन प्रयासरत छौं, जसमा उच्च गुणस्तरको क्यामराहरु, स्मार्टर एआई सर्भिसेज लगायतले मोबाइल अनुभवलाई नयाँ आयाम प्रदान गर्दछ ।’
एलेभेटिंग फ्रन्ट क्यामरा
भीभो भी१५प्रोमा ठूलो डिस्प्ले रहेको छ जसलाई एलेभेटिंग फ्रन्ट क्यामराले गर्दा सहज बनाएको हो । यो स्मार्टफोनमा सेल्फीका लागि ३२ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । एलेभेटिंग क्यामरा पहिलो पटक मोबाइल वल्र्डमा पहिलो पटक नेक्समा प्रदर्शन गरिएको थियो ।
भीभो भी१५प्रोमा ९१.६४ प्रतिशत स्क्रीन टू बडि रेसियो रहेको छ जसले गेमिंग र भीडियो हेर्नका लागि सहजता प्रदान गर्दछ । यसमा ६.३९ इन्चको सुपर एमोलेड अल्ट्रा फुलभ्यू डिस्प्ले प्रयोग गरिएको छ, जसमा १९.५ः९ एस्पेक्ट रेसियो रहेको छ ।
ट्रिपल रियर क्यामरा
एआई ट्रिपल क्यामराका साथमा भी१५प्रोद्धारा उत्कृष्ट फोटो खिच्न सकिन्छ । भीभो भी१५प्रोमा स्पष्ट र गुणस्तरिय फोटो खिच्नका लागि एआईका साथमा ट्रिपल क्यामरा राखिएको छ । जून यसमा भएको ४८ मिलियन क्वाड पिक्सेल सेन्सरका कारणले सफल भएको हो ।
यसका साथै ८ मेगापिक्सेलको वाईड एंगल र ५ मेगापिक्सेलको डेप्थ क्यामरा रहेको छ । फोर ईन वान पिक्सेल प्रविधि राखिएको मुख्य क्यामराले उच्च गुणस्तरको १२ मेगापिक्सेलको फोटो खिच्न सक्दछ भने अँध्यारो अवस्थामा पनि उत्कृष्ट फोटो खिच्न सकिन्छ । यसको वाईड एंगर क्यामराले १२० डिग्रीसम्मको फोटो खिच्न सकिने बनाएकोछ ।
इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानिंग प्रविधि
भीभो भी १५प्रोमा इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानिंग प्रविधि प्रयोग गरिएको छ, जून यसको पाचाँै पुस्ताको नविनतम प्रविधि हो । अधिकतम फिंगरप्रिन्ट पिक्सेल डेन्सिटी र सोफिस्टिकेटेड अल्गोरिदमकाका साथमा यसले प्रयोगकर्ताहरुलाई थप सुरक्षा र सहजताका साथ आफ्नो फोनहरु अनलक गर्न सहयोगी हुन्छ । भीभोको एआई प्रविधि शक्तिशाली जोभीका साथमा अझ अगाडि बढेको छ ।
नयाँ फीचरहरु
एआई पावर अन गर्नका लागि भी१५प्रोको साइडमा भएको नयाँ स्मार्ट बटन प्रयोग गरे पुग्छ । एक क्लिकमा गूगल असिस्ट्यान्ट, दुई क्लिकमा जोभी इमेज रिकोग्नाइजर प्रयोग गर्न सकिन्छ । भी१५प्रोमा गूगलसँगको सहकार्यमा तयार पारिएको भ्वाइस कमाण्ड पनि राखिएको छ जसले तपाईँको आवश्यकताअनुसारको जवाफ दिन्छ । यसका साथै एआई फेस ब्यूटी, फोन मेमोरी क्लिनअप, खोजी लगायतका कार्य कमान्डबाटै गर्न सकिन्छ ।
गेम मोड ५.०
भी१५प्रोमा भएको अपग्रेड गरिएको गेम मोड ५.० लाई गेमरहरुले मनपराउने छन् । यसमा कम्पिटिसन मोड राखिएको छ, जसले गेम परफर्मेन्सका लागि ड्यूल टर्बोका साथमा फोनको सिस्टम छुट्याउँछ, जसले गर्दा सहजरुपमा गेम खेल्न सकिन्छ ।
भीभो भी१५प्रोमा क्वालकम स्न्यापड्रागन ६७५एआई अक्टा कोर प्रोसेसर राखिएकोछ । यो फोन ६जीबी र ८ जीबी र्याम अप्सनमा आउँछ भने यसको आन्तरिक स्टोरेज १२८ जीबी रहेको छ । यसमा भएको ड्यूल इन्जिन फास्ट चार्जींग टेक्नोलोजीका साथमा प्रयोगकर्ताहरुले केबल १५ मिनेटमा एक चौथाई चार्ज गर्न सकिने हुँदा चार्जिङको समस्या नहुने कम्पनीको दावी छ ।
कलर
भीभो भी१५प्रो नेपाली बजारमा टोपाज ब्लू कलर अप्सनमा उपलब्ध छ, जसको हाल प्रिअर्डर फागुन २४ गतेदेखि शुरु हुनेछ । यो स्मार्टफोनको अधिकतम बजार मूल्य ५२,४९० तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्रीको दाबीमा ऊर्जामन्त्रीको जवाफ : २० होइन, ऊर्जामा पहिलो सल्लाहकार नियुक्त !
-
नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा, सावधानीपूर्वक सवारी चलाउन आग्रह
-
आयुक्तहरूको कार्ययोजना : प्रविधि र विदेशमा मतदानको एजेन्डा, सांसदका प्रश्न– कसरी पत्याउने ?
-
नेपालको अबको साझा एजेन्डा लगानी मात्रै हो : अर्थमन्त्री
-
कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक
-
कांग्रेस आधिकारिकता विवादः असन्तुष्ट पक्षको दोस्रो पुनरावलोकन निवेदन सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण