हरिहरको किन ‘टुक्रियो एउटा सपना’ ?
काठमाडौं – युवा ज्योेतिष हरिहर अधिकारीले हिरोको रुपमा अभिनय गरेको फिल्म ‘शुभ लभ’को स्याड गीत सार्वजनिक गरिएको छ । ‘टुक्रियो एउटा सपना’ बोलको उक्त गीतमा हरिहरको दुःख देखाइएको छ । गीतमा हरिहर अभिनेत्री क्रिस्टिन पौडेलको यादमासमेत तड्पिएका छन् । गीतमा विशाल निरौलाको शब्द, संगीत र स्वर छ ।
फिल्म सन्तोषबाबु लोहनीले निर्देशन गरेका हुन् । उनको यो डेब्यू फिल्म हो । रियल लाइफझैं हरिहर यस फिल्ममा पनि ज्योतिषकै भूमिकामा देखिदै छन् ।
बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता प्रदीप कुमार उदय हुन् । फिल्ममा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ । उक्त फिल्ममा डाक्टर सुर्या थापा, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोल लगायतका कलाकारको पनि अभिनय छ ।
फिल्ममा रामेश्वर कार्कीको छायांकन, रोशन विक्रम भट्टराईको द्वन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छैटौँ विश्वकपमा मेसीको ऐतिहासिक गोल, अर्जेन्टिना अग्रता
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
तीन मौसमी वायुको असर : आज सातै प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
आज पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना
-
विश्वकपमा नर्वेको सानदार सुरुवात, निरीह बन्यो इराकी टोली
-
मेस्सीको खेलको प्रतीक्षा : समूह चरणको पहिलो खेलमा अल्जेरियासँग भिड्दै अर्जेन्टिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण