प्रचण्डविरुद्ध अमेरिकामा उजुरी हाल्ने श्रेष्ठमाथि खनिए नेकपा नेता थापा
काठमाडौं– नेकपा नेता सूर्य थापाले पार्टी अध्यक्ष प्रचण्डविरुद्ध अमेरिकामा उजुरी हाल्ने तिलक श्रेष्ठको कडा आलोचना गरेका छन् ।
हाल अमेरिका केन्टुकी स्टेट युनिभर्सिटीमा कार्यरत श्रेष्ठले अमेरिकाको बाल्टिमोरस्थित अनुसन्धान सम्बन्धी संघीय ब्यूरोमा प्रचण्डलाई ‘आतंककारी’ भन्दै उजुरी हालेका थिए ।
‘नेपालको शान्ति प्रक्रिया अमेरिकासहित विश्वको समर्थन र सद्भावमा सफलताका साथ आजको अवस्थासम्म आएको संसारलाई अवगत नै छ । पार्टी अध्यक्ष कमरेड पुष्पकमल दाहाल 'प्रचण्ड'लाई 'आतंककारी' भनी उजुरी गरेका व्यक्ति भूतपूर्व नेपाली तिलक श्रेष्ठ (Parcial Head Damaged -PHD!) रहेको तथ्य स्पष्ट छ ’ थापाले भनेका छन्, ‘यस्ता परपीडक मान्छे, जसले नेपालका पूर्व प्रधानमन्त्रीको पारिवारिक पीडामा अझ नुनचुक थप्न खोजे, यो अत्यन्त रद्दी र घिनलाग्दो तरिका मात्र हो ’
संविधान, कानुन र विधिको शासनका पक्षमा विद्रोहलाई शान्तिपूर्ण अवतरण गराउने प्रचण्डमाथि श्रेष्ठले अपमान गर्ने प्रयास गरेको भन्दै थापाले खेद व्यक्त गरेका छन् ।
थापाले शान्ति प्रक्रिया विरोधी र नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठाविपरीत क्रियाकलाप गर्ने श्रेष्ठमाथि सरकारले छानविन गरी आवश्यक दण्ड दिने प्रबन्ध गर्नुपर्ने माग समेत गरेका छन् ।
याे पनि..
प्रचण्डका लागि अमेरिकाद्वारा ‘नो इन्भेष्टिगेशन’ सर्कुलर जारी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण