‘मनाङेका केटा हौं’ भन्दै गायिकामाथि प्रहरीकै सामुन्ने सांघातिक हमला !
काठमाडौं– ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिर नजिकै गायिक मनु नेम्वाङ्गमाथि एउटा समुहले सांघातिक हमला गरेको छ । बुधवार साँझ ५ बजेतिर होली खेल्दै आएका युवाहरुको समुहले गायिका नेम्वाङ्गलाई ‘हामी मनाङे ग्रुपका हौं’ भन्दै घाँटी न्याकेर हमला गरेको सुनाकोठी बस्दै आएकी कलाकार निशा शर्माले रातोपाटीलाई जानकारी दिइन् ।
बुधवार बालकुमारी मन्दिरको कम्पाउण्ड भित्र पिकनिक गएकी नेम्वाङ्गलाई शौचालय गएको अवस्थामा एक युवाले दुव्र्यवहार गरेका थिए । दुव्र्यवहार गरेपछि मनुले प्रहरीलाई खबर गरिन्, ‘तर एकैछिनमा आएका एकहुल युवाहरुले उनलाई प्रहरीकै सामुन्ने कुटपिट गरेर फरार भएको बताइएको छ ।’
सिः बहाल बाट गएका तीनजना प्रहरीले सामान्य रुपमा छुट्याउने प्रयास मात्रै गरको तर आक्रमणकारीहरुलाई पक्राउ गर्न तदारुकता नदेखाएको प्रत्यक्षदर्शीहरु बताउँछन् । आक्रमणमा संलग्न युवाहरु १५ जनाको संख्यामा सहभागी थिए ।
अधिकांश नेवार समुदायका आक्रमणकारीहरुले गायिका नेम्वाङ्गलाई पुलिस केस गरेमा ‘राम्रो नहुने’ धम्की दिएका थिए ।
घट्नाबारे आफुलाई शुक्रवार मात्रै जानकारी आएको उल्लेख गर्दै महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख (एसएसपी) रविन्द्र धानुकले भने, ‘पीडितबाट जाहेरी लिएर अनुसन्धान गर्छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१५ वर्षदेखि अलपत्र कमला पुल, जोखिमपूर्ण यात्रा गर्न बाध्य सर्वसाधारण
-
आर्थिक विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
-
राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
-
फेरि किन पक्राउ परे कांग्रेस नेता अभिषेक गिरी ?
-
टेलिकम कम्पनीले किन बन्द गर्दैछन् ‘थ्रीजी’ सेवा ?
-
चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण