फेरि किन पक्राउ परे कांग्रेस नेता अभिषेक गिरी ?
काठमाडौँ । मोरङ कारागारका कैदीबन्दीको रासन भत्ता र श्रमको पारिश्रमिक असुली गरेको आरोपमा थुनामा रहेका नेपाली कांग्रेसका नेता अभिषेक गिरीलाई जिल्ला अदालत मोरङले थुनामुक्त गर्न आदेश दिएपनि प्रहरीले पुनः पक्राउ गरेको छ।
उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले ठगी तथा आपराधिक विश्वासघातको अर्को गम्भीर मुद्दामा अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो।
सीआईबीले मंगलबार जारी गरेको विज्ञप्तिमा गिरीले निर्माण व्यवसायी सुभाष श्रेष्ठलाई विभिन्न आयोजनाको ठेक्का मिलाइदिने भन्दै करोडौँ ठगी गरेको आरोप छ।
उनलाई सोमबार नै पक्राउ गरेर काठमाडौँ ल्याइएको थियो ।
उनले आफ्नो पहुँच र चिनजानको धाक देखाउँदै श्रेष्ठलाई 'आर.सी. सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रा.लि.' मार्फत सरकारी ठेक्काका कामहरू नियमअनुसार सम्पन्न गराइदिने विश्वास दिलाएका थिए। तर, सम्झौता अनुसार काम नगरी उल्टै पीडितलाई ठुलो आर्थिक नोक्सानी पुर्याएको प्रहरीको दाबी छ।
पक्राउ परेका गिरीमाथि निर्माण कार्यमा प्रयोग हुने सवारी साधनहरू कब्जामा लिई धनीलाई जानकारी नै नदिई कवाडीमा बिक्री गरेको समेत अभियोग लागेको छ। सीआईबीका अनुसार उनले अन्य सवारी साधनहरू पनि डर र त्रास देखाई काठमाडौँमा जबरजस्ती कागजात गरी आफ्नो नाममा नामसारी गराएका थिए।
त्यति मात्र नभई, पीडित व्यवसायी श्रेष्ठले अन्य व्यक्तिहरूबाट पाउनुपर्ने रकम समेत गिरीले दबाब दिएर आफ्नै नाममा चेक काट्न लगाई आर्थिक लाभ लिएको अनुसन्धानबाट खुलेको सीआईबीले जनाएको छ ।
काठमाडौँ जिल्ला अदालतले असार २२ गते गिरी विरुद्ध पक्राउ पुर्जी जारी गरेपछि उनलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको सीआईबीका सूचना अधिकारी एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर ज.ब.रा.ले जानकारी दिए।
मोरङको विराटनगर महानगरपालिका वडा नं. ४, मधुमरा घर भएका ४८ वर्षीय गिरी यसअघि पनि विभिन्न विवादित गतिविधिमा संलग्न रहँदै आएको प्रहरीको भनाइ छ। ज.ब.रा. का अनुसार गिरीमाथि ठगी र आपराधिक विश्वासघातको कसूरमा कानुनी कारबाहीका लागि विस्तृत अनुसन्धान भइरहेको छ। यसअघि गिरीलाई असार १३ गते शनिबार बिहान विराटनगर–८, मधुमारास्थित उनकै निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्यविरूद्ध कसुर गर्ने टोपबहादुर रायमाझीलाई कति वर्ष जेल सजाय होला?
-
अमेरिकालाई बेल्जियमको जवाफ : अब यसलाई उल्ट्याऊ !
-
भारतीय प्रधानमन्त्री मोदीलाई इन्डोनेसियाको सर्वोच्च नागरिक सम्मान
-
फरार ८ प्रतिवादीको मुद्दा 'मुलतबी' मा, पक्राउ परेका बखत पुनः ब्युँतिने
-
भुटानी शरणार्थी प्रकरणः कसुरदार ठहरिएकाहरूको सजाय निर्धारण असार २९ गते
-
यस्तो छ बहुचर्चित नक्कली शरणार्थी प्रकरणको संक्षिप्त आदेश (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण