बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

आफ्नो जवानी सम्हाल्न पुष्पललाई अशिस्माको आग्रह

शुक्रबार, ०२ असार २०७४, ११ : २४
शुक्रबार, ०२ असार २०७४

काठमाडौं – अभिनेत्री अशिस्मा नकर्मी ‘आउन आउ सम्हाली देउन मेरो जवानी’ भन्दै देखिएकी छन् । उनले मोडल पुष्पल खड्कालाई सो आग्रह गरेकी हुन् । प्रतिउतरमा पुष्पल लजाएर उनको अगाडि मुस्कुराई मात्र रहे ।

मंगलबार अभिनेत्री अशिस्मा र पुष्पलका बीच यस्ता दृश्य कयौँ देखिए । यी दृश्य दुबैले गायिका अनिता चलाउनेको स्वर रहेको ‘आउन आउ सम्हाली देउन मेरो जवानी’ वोलको गीत माथी बन्ने भिडियो छायाँकनका क्रममा दिएका हुन् । 

काठमाडौको गोकर्णस्थित उत्तर बाहिनी मन्दिरमा छायाँकन गरिएको गीतमा अशिस्मा र पुष्पलका यस्ता थुपै रोमान्स समेटिएको छ । गम्भिर बिष्टको कोरियोग्राफी रहेको गीतमा सुसान्त श्रेष्ठले समेत अभिनय गरेका छन् ।


शान्ति प्रियको शब्द रहेको लोक आधुनिक शैलीको यो गीतको भवना अनुसार नै  भिडियो उतारिएको छ । 


म्यूजिक भिडियोलाई नवराज उप्रेतिले खिचेका हुन् । दिपक शर्माको संगीत रहेको यो गीत सार्बजनिक पछि जनजिब्रोमा झुण्डने अपेक्षा गरिएको छ ।


केही दिन अगाडि मात्र ‘अधर’ एल्वम सार्बजनिक गरेका शन्ति प्रियको यो टिपिकल लोक आधुनिक गीत हो । 


 म्युजिक भिडियो छिट्टै सार्बजनिक गरिने निर्देशक विष्टले बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप