मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

भैंसी निकाल्न गएका सागर खोलाबाटै बेपत्ता

बिहीबार, १९ साउन २०७४, ०७ : २४
बिहीबार, १९ साउन २०७४

कपिलवस्तु - कपिलवस्तुको वाणगंगा ११ मा पर्ने मुर्धनिधि घाट खोलामा डुबेर एक युवक वेपत्ता भएका छन् । स्थानीय मिठ्ठु चौधरीका छोरा १७ वर्षका सागर थारु खोला तर्ने क्रममा बेपत्ता भएका हुन ।

रातोपाटी संवाददाताका अनुसार,
-उनी बुधवार विहान भैंसी हेर्न घरबाट निस्केका थिए ।
-केही सयपछि भैंसी खोलामा पस्यो ।
-खोलामा पुगेको भैंसी निकाल्न जाने क्रममा उनी वेपत्ता भएको स्थानीयले बताए ।

बेपत्ता थारुको स्थानीयवासी र प्रहरीले खोजी गरिरहेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चुरामणि अर्याल
चुरामणि अर्याल
लेखकबाट थप