सिद्धार्थ प्लाटिनम बचत खाता खोल्दा फाइदै फाइदा
बुधबार, १३ चैत २०७५, १६ : ३५
काठमाडौं– सिदार्थ बैंकले ग्राहकहरुलाई थप सुविधा पु-याउने उद्देश्यले विभिन्न आकर्षक सुविधा सहितको सिद्धार्थ प्लाटिनम बचत खाता सञ्चालनमा ल्याएको छ ।
बचत खातामा बैंकको डेविट कार्ड प्रयोग गरी देशभरि रहेका जुनसुकै बैंकको एटीएमबाट रकम निकाल्दा अतिरिक्त शुल्क नलाग्ने, युएनओ साझेदार केन्द्रहरुमा ४०५ सम्म छुट प्राप्त गर्न सकिने, युएनओ क्रेडिट कार्ड निःशुल्क प्राप्त गर्न सकिने, वार्षिक ब्याजदर ६.५ प्रतिशत पाइने जस्ता विशेषता यो खातामा रहेको छ ।
यो खाता बैंकको देशभर रहेका १४६ शाखाहरुबाट वा https://openaccount.siddharthabank.com/गइ सजिलैसँग खोल्न सकिने बैंकले जनाएको छ ।