इलाम–२ : ४१ सय मत गन्दा दुई उम्मेदवार अझै ‘निल’
आइतबार, १६ वैशाख २०८१, १८ : ४६
इलाम । इलाम–२ अन्तरगत उपनिर्वाचनको मतगणना जारी रहेको छ । हालसम्म ४ हजार १०६ मतगणना भइसकेको छ ।
शीर्ष स्थानका लागि नेपाली कांग्रेस र नेकपा एमालेबिच कडा प्रतिस्पर्धा भइरहँदा अझै दुई जना उम्मेदवारले खाता पनि खोल्न सकेका छैनन् । दुई जना स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम र मनोज निरौलाले एक पनि मत पाउन सकेनन् ।
इलाम–२ मा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले झिनो अग्रता कायम राखेका छन् । उनले १ हजार ६५८ मत पाएका छन् । दोस्रो स्थानमा नेकपा एमालेका सुहाङ नेम्वाङको १ हजार ६३० मत छ । स्वतन्त्र उम्मेदवार डकेन्द्र लिम्बुले ४३० मत पाउँदा रास्वपाका मिलन लिम्बुले ३ सय ८ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण