आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

सीईओ अरुणले भने– भारत-नेपालमा हाइड्रोजनको क्षेत्रमा अझ बढी लगानी गर्न चाहन्छ

आइतबार, १६ वैशाख २०८१, १८ : ५२
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । अरुण जलविद्युत आयोजनाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अरुण धिमानले भारत सरकार नेपालमा अझ बढी लगानी गर्न चाहिरहेको बताएका छन् । आइतबारदेखि राजधानीमा सुरु भएको तेस्रो लगानी सम्मेलनमा बोल्दै सीईओ अरुणले इन्डियन कम्पनीले अझ बढी नेपालको हाइड्रोपावर, हाइड्रोजन र नवीकरणीय ऊर्जाको क्षेत्रमा काम गर्न चाहेको बताए । 

‘इन्डियन कम्पनी हाइड्रोजनको क्षेत्रमा अझ बढी लगानी गर्न चाहन्छ’, सीईओ अरुणले भने, ‘जुन परियोजनाका लागि पछिल्लो समय हामी जोडिएका पनि छौँ । भारत सरकारको तर्फबाट नोडल एजेन्सिस्मार्फत नेपालमा हाइड्रोजन उत्पादनको पाइलट प्राजेक्टमा सहकार्यको घोषणा भएको छ । यो परियोजनाका लागि अहिले हामी तीव्र गतिमा काम गरिरहेका छौँ ।’  

जब नेपाल सरकारले सन् २०११ मा ‘सिंगल वीण्डो सिस्टम’ कार्यान्वयनमा ल्यायो तब नेपाल लगानीमैत्री मुलुक बनेको तर्क गर्दै सीईओ अरुणले त्यसपछि भारत सरकारले नेपालमा लगानीको हात बढाएको बताए । 

अरुण जलविद्युत परियोजनाकै सन्दर्भमा विभिन्न समस्या र चुनौतीका बाबजुद भारतले जिम्मेवारी लिएको उनले बताए । 

‘जतिबेला अरुण परियोजनाको प्रस्ताव आयो, लिने कि नलिने भन्नेमा नै दुविधामा थियौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा यो प्रोजेक्टका लागि सहमति भएको थियो । त्यसपछि शेरबहादुर देउवा आउनु भयो । उहाँको पालामा पनि समस्या भयो । त्यसपछि प्रधानमन्त्रीमा प्रचण्ड आउनुभयो । तथापि समस्यामा थियो । हामीले प्रोजेक्ट लियौँ र काम गर्‍यौँ’, सीईओ अरुणले भने, ‘अहिले तीनवटा प्रोजेक्टको काम ७४ प्रतिशत माथि सम्पन्न भइसकेको छ । थप, अरू प्रोजेक्टमा समेत भारत सरकार, भारतीय कम्पनीहरू लगानी गर्न तयार छौँ ।’

भारत सरकारको लगानीमा तीनवटा जलविद्युत परियोजना अरुण तेस्रो ९ सय मेगावाट, अरुण चौथो ४९५ र तल्लो अरुण ६६९ मेगावाट जलविद्युत आयोजना सञ्चालनमा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप