रामका पाइला जोगाउन तटबन्ध : बाबाको सपनाबाट भेटिएको थियो पाइला
कपिलवस्तु - कपिलवस्तुको वाणगंगा ९ मा रहेको ऐतिहासिक, पुरातात्विक महत्व बोकेको श्री राम दतिवन जलेश्वर धाममा अवस्थित रामका पाईलालाई बाढीबाट जोगाउन तटबन्ध निर्माण कार्य शुरु गरिएको छ ।
पुर्व पश्चिम महेन्द्र राजमार्ग वनगाई खार्खानी देखी ७ किलोमिटर उत्तर विशाल जंगल भित्र पवित्र तीर्थस्थल छ । सोही नदि किनारमा मान्छेका जस्ता पाईला स्पस्ट देखिन्छ ।
बाबाको सपना
आज भन्दा २१ वर्ष अघि तिलौराकोटका एक बाबाले राति सपना देखे ।
घनघोर जंगलमा रामका पाईला छन्, सो ठाउँमा शिवको पनि ठुलो महत्व छ, त्यही ठाउँमा गई तपस्या गर उनले देखेको सपना हो यो ।
त्यसलगत्तै बाबाले उक्त ठाउँ पत्ता लगाए ।
कसैले देखेनन्
उक्त स्थान(जंगल)मा दैनिक बस्तुभाउ हेर्न गोठाला जाने गरेता पनि कसैले त्यो पाईला देखेका थिएनन् ।
यसकारण रामदतिवन
भगवान राम बनवासकै क्रममा यस स्थानमा आएर दतिवन गर्दै नदि तर्दा पाईला सिलाामा छापिएको किम्बदन्ती अनुसार यस ठाउलाई रामदतिवन नाम राखिएको बताइन्छ । र ती पाईला रामकै हुन् भन्ने मान्यता छ ।
भत्तजनको घुईचो
नदिको चट्टानमा रहेको पाईलामा भक्तजनले पुजा गर्ने गरेका छन् । यहाँ विशेष गरी श्रावणको महिनामा भत्तजनको घुईचो लाग्ने गर्दछ ।
तटबन्ध निर्माण सुरु
पवित्र स्थानमा रहेको पाइलालाई बाढीले भत्काउन थालेपछि संरक्षण गर्नका लागि नदिमा बुधवारदेखि तटबन्धको कार्य सुरु गरिएको हो ।
प्रजिअबाट अवलोकन
प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालको नेतृत्वमा जिल्लाका सम्पुर्ण सरकारी कार्यालय प्रमुखले यस धामको केहि महिना अघि अवलोकन समेत गरेका थिए ।
प्रजिअको निर्देशन पछि जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय, कपिलवस्तुले सहयोग गरेको १६ थान तारजाली लगाउन सुरु गरिएको धामका अध्यक्ष लाल बहादुर खडकाले जानकारी दिए । उनले भने —“जाली थोरै भयो, कटान बढी छ, यस्तै सहयोगको अपेक्षा राखेका छौ ।” तटबन्द गर्नका लागी समाजसेवी रोम बहादुर खत्रीले पनि सहयोग गरेको अध्यक्ष खडकाले जानकारी दिए ।

सरकारी सहयोग भएन
गत वर्ष लुम्बीनी पर्यटन प्रवद्र्धन कोषबाट ६ लाख ६५ हजार बाहेक यस धामले अन्य सरकारी सहयोग पाउन सकेको छैन ।
भक्तजनलाई समस्या
धामका प्रमुख संरक्षक भोले बाबा कृष्ण शरणले भने —“राम्रो बाटो, विजुली र खाने पानीको राम्रो व्यवस्था नहँुदा यहाँ आउने भक्तजनले दुख पाएको उनले गुनासो पोखे ।” उनले भने, यहि साउनमा एउटा पुजा गर्ने मन्दिर र भक्तजन बस्ने टहरो भत्कियो ।”

७ दिन जल भित्रै तपस्या
यस धाममा लुम्बिनी अञ्चलका सवै जिल्ला साथै राजधानी काठमाण्डौबाट समेत भक्तजन आउने गरेका छन् । धामका प्रमुख संरक्षक भोलेबाबा ७ रात ७ दिन सम्म सोही नदिको जल भित्रै तपस्या बसेका थिए । उनी ११ वर्षको उमेरदेखि यहाँ बस्दै आएका हुन् ।
ओझेलमा किन ?
कपिलवस्तुका पर्यटकिय धार्मिक स्थलहरुमध्ये यस धामलाई पनि महत्वका साथ हेर्ने गरिएको छ । तर, प्रचार प्रसारको अभावमा सधै ओझेलमा पर्दै आएको छ ।

धार्मिक विश्वास
विषेशत यहाँ श्रावण महिनामा दिनहँु सयौं संख्यामा भत्तजन आउने गर्दछन र दैनिक २० भन्दा बढी भक्तजन धाममा बस्ने गरेका छन् ।
यस प्रवित्र स्थलमा आएपछि विभिन्न रोग व्याधिका समस्या समेत निको हुने धार्मिक विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँमा वन्यजन्तुको आक्रमणबाट ९ वर्षमा १७ बालबालिकाको गयो ज्यान
-
ठाउँ ठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री
-
दाेलखाकाे म्याग्नेसाइट उद्योग सञ्चालनका लागि सांसद रिजालको जोड
-
गण्डकी सरकार : ११ महिनामा १३ अर्बमात्रै खर्च, एक महिनामा सकिएला ६० प्रतिशत बजेट ?
-
जी–७ शिखर सम्मेलनमा ट्रम्पले कसलाई भने– ‘म मालिक हुँ’ ?
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण