‘यात्रा’ गीत ‘डुली डुली’ : गायिका बनिन् मलिका
२९ चैतबाट प्रदर्शनमा आउँन लागेको फिल्म ‘यात्रा’ को नयाँ गीत रिलिज गरिएको छ । प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले यो गीत बाहिर ल्याएको हो ।
‘डुली डुली’ बोलकोे सार्वजनिक गीतमा गायिका मेलिना राईको स्वर, दिवेश उप्रेती र प्रतिक पौडेलको शब्द तथा कोविद बज्र र प्रतिक पौडेलको संयूक्त संगीत रहेको छ ।
गीतको अभिनेत्री मलिका महत गायिकाको रुपमा प्रस्तुत भएकी छन् ।
गीतमा सलिनमान बनिया, जान्हवी बस्नेत, रेअर राई, प्रेक्षा बज्राचार्य, विशाल सापकोटा पनि देखिएका छन् । फिल्म सम्राट सापकोटाले निर्देशन गरेका हुन् ।
केशव भट्टराई र चिज कुमार श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्ममा विक्रम पराजुली, मुक्ति सिना र राम शरण घिमिरे सह–निर्माता रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन्, भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् ।
फिल्ममा सलोन बस्नेत, राजाराम पौडेल, धिरेन शाक्य, नानीकाजी डंगोल, विन्दा खतिवडालगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छैटौँ विश्वकपमा मेसीको ऐतिहासिक गोल, अर्जेन्टिना अग्रता
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
तीन मौसमी वायुको असर : आज सातै प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
आज पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना
-
विश्वकपमा नर्वेको सानदार सुरुवात, निरीह बन्यो इराकी टोली
-
मेस्सीको खेलको प्रतीक्षा : समूह चरणको पहिलो खेलमा अल्जेरियासँग भिड्दै अर्जेन्टिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण