मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

समीट एयरको विमान दुर्घटना  छानबिन गर्न ४ सदस्यीय छानबिन समिति गठन

आइतबार, ०१ वैशाख २०७६, २३ : ०५
आइतबार, ०१ वैशाख २०७६

काठमाडौं–  सोलुखुम्बुको लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थलमा अवतरणका क्रममा भएको समिट एयरको विमान दुर्घटनाको छानबिन गर्न चार सदस्सीय छानबिन समिति गठन गरिएको छ । 
नेपाल नागरिक उड्ययन प्राधिकरणले पूर्व महानिर्देशक राजेशराज दलीको अध्यक्षमा चार सदस्यीय समिति गठन गरेको हो । 

समितिको सदस्यमा नेपाल वायुसेवा निगमका इन्जिनियर राजेश श्रेष्ठ, तारा एयरका क्याप्टेन रवीन्द्र डंगोल र  पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् । 
। 

आइतबार बिहान भएको दुर्घटनामा समिट एयरका को–पाइलट सुजिल ढुङ्गाना, प्रहरीका असई राम बहादुर खड्का र अर्का असई रुद्र बहादुर श्रेष्ठको मृत्यु भएको थियो । अन्य तीन जना घाइते भएका छन् । 

लुक्लाबाट रामेछापका लागि बिहान ९ बजेर २० मिनेटमा उड्न लागेको समिट एयरको नाइन एनएएमएच विमान धावनमार्गमा चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप