वर्ष वित्दा पनि बनेन विद्यालय जाने बाटो : बालबालिका जोखिम मोल्न बाध्य
कपिलवस्तु– गत वर्ष साउनमा बाढिले भत्काएको कपिलवस्तुको वाणगंगा ९ पडरियाको श्रीराम निम्न माध्यमिक विद्यालय जाने सडक एक वर्ष वित्दा पनि नबनेपछि विद्यार्थीहरु जोखिम मोलेर विद्यालय आवतजावत गर्न बाध्य भएका छन् ।
गत वर्ष साउन ११ गते धिरि नदीमा आएको बाढीका काराण विद्यालय जाने करिब सय मिटर बाटो पूर्णरुपमा भत्किएकोे थियो । सडक भत्किएपछि जोखिम मोल्दै विद्यार्थीहरु विद्यालय आउजाउ गर्ने गरेपनि सम्बन्धित निकायको ध्यान पुग्न नसकेको विद्यालयका प्रध्यानध्यापक ओमलाल गिरीले बताए । उनले भने, ‘बाटो मर्मतका लागि धरै ठाउँमा हार गुहार गरीयो, तर कतैबाट पनि सहयोग भएन ।’
यसैबीच वाणगंगा नगर कार्य समिति सदस्य केशरा गुरुङले विद्यालय जाने बाटो एक वर्ष वित्दा समेत मर्मत नहुनु दुखद भएको भन्दै मर्मतका लागि पहल गर्ने प्रतिबद्धता जनाइन् ।
विद्यालयमा अर्घाखाचीको भङगलाबाट विद्यार्थीहरु पढ्न आउने गरेका छन् । नदी किनारमा रहेको विद्यालय जाने मुल बाटो बर्षेनी नदी कटानमा पर्ने गरेको छ ।
कतिपय अभिभाकले वर्षायाममा बाढिको त्रासले आफ्ना बालबालीकालाई विद्यालय नै नपठाउने गरेको स्थानीय शिक्षक गिरवहादुर बोहोराले बताए । वि.स.२०४१ मा स्थापना भइ हाल कक्षा ८ सम्म पठनपाठन भइरहेको विद्यालयमा हाल १५५ जना विद्यार्थी अध्ययनरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पकालीन आप्रवासन नियमविरुद्ध लडेका समूहलाई कानुनी शुल्क दिन अदालतको अस्वीकार
-
संसदमा मन्त्रीहरूले नियम मिचेको भन्दै एमालेको आपत्ति
-
सुरुङ खनेर तीन घरमा चोरी
-
रक्षा मन्त्रालयको बजेट किताब उपलब्ध गराइयोस् : हर्क साम्पाङ
-
कांग्रेसले संसदमा खोज्यो प्रधानमन्त्री र गृहमन्त्रीबारेको छानबिन प्रतिवेदन
-
प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न नेकपाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण