प्रतियोगीले आफूलाई अमिताभ बच्चन भनेपछि रेखाको प्रतिक्रिया (भिडियो)
मङ्गलबार, १० वैशाख २०७६, १२ : २८
एजेन्सी – सदाबहार सुन्दरी रेखा आइतबार गायन प्र्रतियोगिताको रियालीटी शो ‘राइजिङ ३’ को मञ्चमा अतिथि बनेर उपस्थित भएकी थिइन् । यो एपिसोड रेखा विशेष थियो । र उनलाई नै समर्पित गरिएको थियो ।
सदाझैँ रेखा त्यस दिन पनि परम्परागत पहिरनमा उपस्थित भएकी थिइन् । रेखा विशेष कार्यक्रममा प्रतियोगीहरुले रेखाका निम्ति गीत गाएका थिए । यसैबीच, स्टेजमा फरक फरक गेटअपमा उपस्थित प्रतियोगीहरु चेतन बृजवासी, ओप्संग र विश्वज आफ्नो प्रस्तुती लिएर उपस्थित भए । यसैक्रममा रेखाले चेतन बृजवासीलाई ‘सोध्छिन् तपाईं कुन पात्र बनेर आउनुभएको छ ?’ सो प्रश्नको जवाफमा उनले अमिताभ बच्चन भन्ने जवाफ दिए ।
उनको जवाफ सुनेर कार्यक्रममा उपस्थित सबैले हुटिङ गर्न थाले । रेखाको प्रतिक्रियाप्रति भने धेरैको ध्यान खिच्यो । उनी हासिँरहिन् । उनी चुप नै भइन् । माइक उठाइन् तर केहि बोल्न सकिनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानद्वारा होर्मुज जलमार्ग बन्द भएको घोषणा, अमेरिका भन्छ, ‘खुला छ’
-
बैंककको बारमा आगलागी : २७ जनाको मृत्यु, ६० भन्दा बढी घाइते
-
लुम्बिनीमा धान रोपाइँ ५९.९४ प्रतिशत
-
ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्रे योजना अधुरै
-
इटहरी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा कटुवाल विजयी
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण