करण जोहरको फिल्मबाट डेब्यू गर्नेछन् श्रीदेवीकी कान्छी छोरी खुसी, पिता बोनीले छान्नेछन् हिरो
जान्ह्वी कपुरपछि अब उनकी बहिनी खुसी कपुर पनि चाँडै नै बलिउडमा डेब्यू गर्ने तयारीमा छिन् । खुसी आफैंले यो कुराको जानकारी दिएकी हुन् । जान्ह्वी र खुसी नेहा धुपियाको सेलिब्रिटी टक शो ‘बिएफएफ्स विद भोग’ मा पुगे । त्यहाँ उनीहरुले आफ्ना नीजि जीवनबारे कुराकानी गरे । साथै खुसीले आफ्नो बलिउड डेब्यूको योजना पनि सार्वजनिक गरिन् ।
खुसीले भनिन्, ‘ म चाँडै नै बलिउडमा डेब्यू गर्नेछु । पहिलो फिल्म म करण जोहरसँग गर्न चाहन्छु । तर मलाई थाहा छ कि मेरो फिल्मको हिरो मेरो बुवाले नै छान्नुहुनेछ । किनभने उहाँ मप्रति निकै प्रोटेक्टिभ हुनुहुन्छ ।’
मेरो लागि घरमा कर्फ्यूजस्तो स्थिती रहन्छः
नेहाको शोमा खुसीले बुवासँगको सम्बन्धबारे पनि कुराकानी गरेकी छिन् । खुसी भन्छिन्, ‘म घरकी कान्छी छोरी हुँ त्यसकारण बुवाले मेरो निकै ख्याल राख्नुहुन्छ । मेरो लागि घरमा कर्फ्यूजस्तो स्थिती हुन्छ । म कहाँ छु, कोसँग छु, कहिलेसम्म बाहिर बस्नेछुलगायतका सम्पूर्ण जानकारी बुवालाई दिनुपर्छ । एकपटक मैले बुवालाई साथीसँग भएको बताएकी थिएँ । बुवाले साथीलाई मेसेज गरेर हामी दुईजनाको फोटो माग्नुभयो ।’
म राम्रो मान्छेसँग बसोस् भन्ने बुवाको चाहना छः
खुसी भन्छिन्, ‘म कोसँग हुन्छु भन्ने कुराको बुवालाई विशेष चिन्ता हुन्छ । यदि म राम्रो मान्छेसँग छु भने बुवालाई कुनै समस्या हुँदैन । त्यसै कारण उहाँले नै फिल्मका लागि हिरो खोज्नुहुनेछ । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगाे र आन्दाेलनले उब्जाएकाे प्रश्न : नागरिक राज्यसँग किन यति निराश ?
-
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउन हिचकिचाउनेले दलाई लामाको मनाउन अनुमति दिए : दुर्गा प्रसाईँ
-
अर्घाखाँचीका वनक्षेत्रमा रिचार्ज पोखरी निर्माण
-
दीपाश्री निरौलालाई ब्रेन ट्युमर, शल्यक्रिया गरियाे
-
देशका विभिन्न जिल्लामा सवारी दुर्घटना : सात जनाको मृत्यु
-
विद्यालयको चुनावमा शिक्षा अधिकृतमाथि कालो मोबिल खन्याएर दुर्व्यवहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण