के फेरि प्रेममा छन् नीता र आमेश ?
अभिनेत्री नीता ढुङ्गाना र अभिनेता आमेश भण्डारीले करिब तीन वर्ष अगाडि प्रेममा ब्रेकअफ गरेका थिए । केही बर्षको प्रेमलाई ब्रेकअफ गरेका यी दुबैले एकै प्रोजेटमा काम गर्न परै जाहोस्, एउटै कार्यक्रममा समेत सकभर सहभागी हुँदैन थिए ।
अहिले भने यी दुबै फेरि एकसाथ देखिन थालेका छन् । बिहीबार सार्वजनिक भएको ‘बैमानी बैमानी’ बोलको गीतको भिडियोमा यी दुबै एकसाथ देखिएका हुन् ।
जीतु श्रेष्ठ र अनु अधिकारीको स्वरमा रहेको यो गीतमा ब्रेकअफ पछि उनीहरु पहिलोपटक एकसाथ देखिएका हुन् । यो भिडियो सार्वजनिक भएसँगै उनीहरुको बीच पुनः प्रेम रहेको चर्चा चल्न थालेका छ ।
त्यसो त गत मंगलबार आयोजित चलचित्र पत्रकार संघको सम्मान तथा पुरस्कार कार्यक्रममा पनि नीता र आमेश दुबै सहभागी थिए । तर मिडियामा चर्चा हुने डरले भने उनीहरु एक अर्काेको नजिक भने परेन् ।
अहिले एकसाथ अभिनय गरेको गीत ‘बैमानी बैमानी’मा मिलन सुर्खेतीको संगीत रहेकोछ । गीतमा योगेन ढोलीको शब्द रचना रहेको छ । रोशन दाहालको छायांकन तथा सम्पादनमा बनेको भिडियोलाई बिदुर सिवाकोटीले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण