सुकेधारामा विस्फोट : ६ जना घाइते
आइतबार, १२ जेठ २०७६, १६ : ४९
काठमाडौँ । काठमाडौँको सुकेधारमा ग्यास सिलिन्डर विस्फोट विस्फोट हुँदा ६ जना घाइते भएका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीका अनुसार सुकेधारास्थित ढलाने पुल नजिकै विस्फोट भएको हो ।
बुढानिलकण्ठ नगरपालिका ४ स्थित एक सैलुनमा विस्फोट भएको प्रहरीले जानकारी दिएको छ ।
घाइते ५ जनाको ओम अस्पतालमा उपचार हुँदैछ भने एक जनाको टिचिङ अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये दुईको अवस्था गम्भीर रहेको बताइएको छ ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रकाश थापाले विस्फोट भएको जानकारी आएको बताउँदै प्रहरी टोली घटनास्थल पुगेर थप अनुसन्धान गरिरहेको बताए ।
यता, प्रहरीले अनामनगरमा पनि ग्यास विस्फोट भएको खबर आएको जानकारी दिएको छ ।
अनामनगर विष्फोटको भिडियोः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण