नेपाल आइडलका सातै प्रतिस्पर्धीले हेरे ‘प्रेमगीत २’
सोमबार, २३ साउन २०७४, १४ : ४२
काठमाडौं – नेपाल आइडलका अन्तिम सात प्रतिस्पर्धीले आइतबार बेलुका चलचित्र ‘प्रेम गीत २’ हेरेका छन् । कमलपोखरीस्थित कुमारी चलचित्र भवनमा उनीहरुले चलचित्र हेरेका हुन् ।
‘निकै फ्रेस भयो र मनोरञ्जन पनि लियौं’ एकजना प्रतिस्पर्धी प्रताप दासले भने, ‘ चलचित्र राम्रो बनेको छ । सबैलाई एकपटक हेर्न सुझाव दिन्छु ।’
दास चलचित्रको क्लब गीत ‘मोटरसाइकलमा...’को गायक पनि हुन् ।
सांगीतिक पक्ष र अभिनय आफूलाई मन परेको अर्का एक प्रतिस्पर्धी बुद्ध लामाले बताए । यी पोखरेली ठिटालाई नेपालको सौन्दर्यले मन छोए छ । अभिनेता प्रदीप खड्का, सन्तोष सेन, कैलाश कट्वालसँग बसेर आइडल टीमले चलचित्र हेरेका हुन् ।
प्रेमकथामा बनेको चलचित्र ‘प्रेम गति २’ अहिले दोस्रोसातामा चलिरहेको छ । रामशरण पाठक निर्देशित चलचित्रमा प्रदीप खड्का र अश्लेषा ठकुरीको मुख्य अभिनय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण