४९ महिनापछि यसरी सञ्चालन हुँदै तातोपानी नाका
सिन्धुपाल्चोक– भूकम्पका कारण बन्द भएको तातोपानी नाका आजबाट खुल्ने भएको छ । यो नाका बन्द भएको ४९ महिनापछि खुल्न लागेको हो ।
नेपाल–चीन सिमाना मितेरी पुलमा चीनले बिशेष समारोहको आयोजना गर्दैछ भने नेपालतर्फ लिपिङ बजारमा नेपालीपक्षले कार्यक्रम आयोजना गर्दैछ ।
नाका खुल्ने भएपछि स्थानीय तथा व्यापारी व्यवसायीहरु खुसी देखिएका छन् । कार्यक्रम स्थलमा दुवैतर्फका स्थानीयहरु झन्डा लिएर समारोह स्थलमा आएका छन् ।
नाका खुल्ने खबरसँगै नेपाल र चीन दुवैतर्फ व्यापारी तथा व्यवसायीको समेत चहलपहल बढेको छ । वार्षिक रु २० अर्बको आयात र रु तीन अर्ब बढीको निर्यात हुने सो नाका सञ्चालनमा आउने खबरपछि स्थानीय व्यवसायीसमेत उत्साहित भएका छन् ।
उद्योग वाणिज्य मन्त्री मातृका यादव, सांसदरु अग्नि सापकोटा शेर बहादुर तामाङलगायतका नेताहरु कार्यक्रममा आउँदैछन् ।
बुधबार चीनबाट ४ गाडी ऊन लिएर नेपाल आउने र नेपाल बाट २ गाडी सामनसहित चीनतर्फ जाँदैछन् । मितेरी पुलमा अहिले नेपाल तथा चिनियाँ सरकारी अधिकरी भेटघाट गरिरहेका छन् ।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण