गायिका कलाले माया गर्ने मान्छे भेटेपछि.... (भिडियो)
काठमाडौं–
भा’को थियो के गरौं कता जाऔं
जप्दै थिएँ देउता र तिम्रो नाउँ
माया भेटियौं धन्न, तिम्ले लाको गुन कहिले बिर्सन्नँ
गायिका कला लम्साल र गायक चन्द्र शर्माको स्वर रहेको लोक दोहोरी गीत ‘भेटियौ धन्न’ बोलको एक अंश हो यो । गीत बिन्ध्याबासिनी म्यूजिकमार्फत हालैमात्रै बजारमा आएको हो ।
गीतमा आफूलाई मायाँ गर्ने मान्छे भेटिएपछिको हर्स र खुसीलाई रोचक ढंगले प्रस्तुत गरिएको छ ।
गीतको एक ठाउँमा भनिएको छ–
के दिउँ मैले तिमीलाई उपमा
सम्झेको छु ईश्वरकै रुपमा
यूट्यूवमार्फत रिलिज गरिएको भिडियोमा कलासँगै र शंकर बिसीले अभिनय गरेका छन् भने गीतको लय एक नारायण भण्डारीले संकलन गरेका हुन् ।
बिनोद बाजुरालीको एरेन्ज रहेको गीत मालाश्री रेकर्डिङमा रेकर्ड गरिएको हो । यस्तै शंकर बिसीकै निर्देशन रहेको म्युजिक भिडियोको छायांकन दुर्गा पौडेलले गरेका हुन् भने सम्पादन नविन घर्ती मगरले गरेका हुन् ।
अहिले देशदेखि विदेशसम्मका कार्यक्रममा व्यस्त कलाले यो गीत दर्शक स्रोताले अत्याधिक मन पराइदिनेमा आफू विस्वस्त रहेको प्रतिक्रिया दिइन् ।
भिडियो हेर्नुहाेस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा नर्वेको सानदार सुरुवात, निरीह बन्यो इराकी टोली
-
मेस्सीको खेलको प्रतीक्षा : समूह चरणको पहिलो खेलमा अल्जेरियासँग भिड्दै अर्जेन्टिना
-
निःशुल्क हवाई उद्धारले गर्भवती र सुत्केरीलाई सहज
-
कालीकोटमा भेटियो रेडपान्डा
-
अन्तरराष्ट्रिय परिवार विप्रेषण दिवस मनाइँदै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण