जताततै भारतको चर्चा तरपनि सय करोड क्लबमा आयो अजय देवगनको यो फिल्म
शुक्रबार, ३१ जेठ २०७६, १० : २६
अजय देवगन, तब्बू र रकुलप्रीत स्टारर फिल्म ‘दे दे प्यार दे’ सय करोड क्लबमा संलग्न भइसकेको छ । यो फिल्म आफ्नो रिलिजपछि नै मनोरञ्जनात्मक स्क्रिप्टका कारण चर्चामा थियो र फिल्मले सोसल मिडियामा अत्यधिक प्रचार पनि पाएको थियो ।
सलमान खानको भारतको भव्य रिलिज हुँदा हुँदै पनि अजय देवगनको यो फिल्म सय करोड क्लबमा समावेश हुन सफल भयो ।
दे दे प्यार दे एक रोमान्टिक कमेडी ड्रामा हो । यसमा अजय र तब्बुबाहेक रकुल प्रीतको अभिनयको पनि निकै तारिफ गरिएको छ । विशेष कुरा के छ भने यो अजय देवगनको करियरको १० औं फिल्म हो जसले सय करोड क्लबमा प्रवेश पाएको छ । स्मरण रहोस्, अजयको फिल्म गोलमाल अगेन अजयको सबैभन्दा धेरै कमाई गर्ने फिल्म हो । हालै उनको फिल्म रेड र टोटल धमाल पनि सय करोड क्लबमा प्रवेश हुन सफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङमा जिप दुर्घटना
-
भियतनाममा भारतीय पर्यटक सवार स्पिडबोट पल्टिँदा १५ जनाको मृत्यु
-
गोल मेसिनको भिडन्त : ह्यारी केन र अर्लिङ हालान्डमध्ये तपाईं कसलाई रोज्नुहुन्छ ?
-
माइखोला बेलासेमा बेलीब्रिज जडान, सवारी सञ्चालन
-
सम्झौताको एक वर्षअघि नै बन्यो गोरखामा मोटरेबल पुल
-
विराटनगरमा शेखर कोइराला र प्रकाशरण महतबिच भेटघाट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण