शाहरुखले भने, ‘अहिले बेरोजगार छु, कुनै पनि फिल्ममा काम गरिरहेको छैन’
सोमबार, ०९ असार २०७६, ०९ : २१
बलिउड फिल्म अभिनेता शाहरुख खानले आफू आजकाल बेरोजगार भएको स्विकारेका छन् । शाहरुख खानले एक अन्तरवार्तामा यतिबेला आफूसँग कुनै फिल्म नभएको जानकारी दिएका छन् । शाहरुख खानको पछिल्लो फिल्म जिरो थियो जुन बक्स अफिसमा नराम्रोसँग फ्लप भएको थियो ।
यसअघि शाहरुखलाई थुप्रै फिल्मको प्रस्ताव आएको विभिन्न खबरलाई उनले खण्डन गरेका छन् । पछिल्लो पटक उनले कट्रिना कैफसँग सत्ते पे सत्ताको रिमेकमा अभिनय गर्ने खबर आएको थियो ।
टाइम्स अफ इन्डियाका अनुसार शाहरुखले यो खबरलाई पनि खण्डन गर्दै आफू कुनै पनि फिल्ममा तत्काल अनुबन्ध नभएको बताएका छन् ।
शाहरुखले यसअघि फिल्ममा तत्काल काम गर्न मनले नै नमानिरहेको जानकारी दिएका थिए । तत्काल काम गर्नुको साटो फिल्म हेर्न, कथाहरु सुन्न र धेरैभन्दा धेरै किताब पढ्न चाहेको उनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरो हत्याको प्रयास गरिए इरानलाई ध्वस्त पारिदिन्छु : डोनाल्ड ट्रम्प
-
गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध
-
आत्मनिर्भर उद्योगदेखि खण्डहरसम्म : भृकुटी कागज कारखानाको चार दशकको यात्रा (तस्बिरहरू)
-
ग्वार्कोमा चोरी गर्न आएको आरोपमा निर्घात कुटपिट गरी हत्या
-
कतिपय मानिसलाई लामखुट्टेले किन धेरै टोक्छ ?
-
पोखरा र काठमाडौँसहित देशका अधिकांश सहरमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण