‘सानो मन’को शिर्ष गीतमा आयुष्मान र शिल्पाको रोमान्स
फिल्म ‘सानो मन’को शिर्ष गीत सार्वजनिक भएको छ । निर्माण संस्था हाईटेक इन्टरट्रेनमेन्टले प्रदर्शन मिति नजिकिदै गर्दा फिल्मको शिर्ष गीत सार्वजनिक गरेको हो ।
गीतमा अभिनेता आयुष्मान देसराज जोशी र अभिनेत्री शिल्पा मास्केको अभिनय छ । गीतमा शिल्पा र आयुष्मानको प्रेमको आरोह अबरोध देखाईएको छ । सुयोग सोताङ्गको संगीत रहेको यो गीतमा रोहित जोन क्षत्रीको स्वर तथा स्वप्निल शर्माको शब्द रहेको छ ।
‘गीत चल्तिको भन्दा अलिक फरक बनाएका छौँ, जसले नेपाली चलचित्रमा आईरहेका प्रेमगीतहरु भन्दा फरक स्वाद दिन्छ’, गीतको बारेमा संगीतकार सोताङ्गले बताए । चलचित्रका निर्देशक सुयोग गुरुङ्गले गीत चलचित्रको कथासँग नजिक रहेको बताए ।
काठमाडौं, भैरहवा, बैंकक लगायतका ठाउँहरुमा छायांकन भएको यस फिल्मका निर्माता योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् ।
सुयोग गुरुङको डेब्यू निर्देशनमा निर्माण भएको यस फिल्ममा आयुष्मान देशराज जोशी, शिल्पा मास्के, सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट, देव कुमार श्रेष्ठ लगायतका कलाकारहरुको पनि यसमा अभिनय छ ।
म्युजिकल लभस्टोरी रहेको यस चलचित्रको ट्रेलर पनि सार्वजनिक भईसकेको छ । ट्रेलरलाई अधिकांश दर्शकले रुचाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा नर्वेको सानदार सुरुवात, निरीह बन्यो इराकी टोली
-
मेस्सीको खेलको प्रतीक्षा : समूह चरणको पहिलो खेलमा अल्जेरियासँग भिड्दै अर्जेन्टिना
-
निःशुल्क हवाई उद्धारले गर्भवती र सुत्केरीलाई सहज
-
कालीकोटमा भेटियो रेडपान्डा
-
अन्तरराष्ट्रिय परिवार विप्रेषण दिवस मनाइँदै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण