क्रिकेटबाट सन्यास लिएका युवराज सिंहको पार्टीमा अम्बानी परिवारदेखि बलिउड सेलिब्रिटीसम्म (फोटोफिचर)
क्रिकेट खेलाडी युवराज सिंहले सन् २०१९ जून १० मा अन्तरराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । युवराज सिंहले क्रिकेटबाट सन्यास लिएपछि हालै मुम्बईमा आफ्नो रिटायरमेन्ट पार्टीको आयोजना गरे । युवराजको पार्टीमा अम्बानी परिवारसमेत क्रिकेट र बलिउडका विभिन्न सेलिब्रिटीको उपस्थिती रह्यो ।
युवराजको रिटायरमेन्ट पार्टीमा निता अम्बानी आफ्ना छोरा आकाश अम्बानी र बुहारी श्लोका मेहतासँग पुगिन् । निता अम्बानी उक्त पार्टीमा कालो परिहनमा देखिएकी थिइन् ।
पार्टीमा उनका निकै मिल्ने साथी एवं पूर्व क्रिकेटर इरफान पठान आफ्नी श्रीमती र छोरासँग पुगे ।
यस्तै, करण कुन्द्रा आफ्नी प्रेमिका अनुषा डान्डेकरसँग युवराजको पार्टीमा समावेश भए ।
युवराज सिंहकी पूर्व प्रेमिका एवं नायिका किम शर्मा पनि युवरानको पार्टीमा देखिइन् ।
भारतीय टेनिस स्टार सानिया मिर्जा, पूर्व क्रिकेटर मोहम्मद कैफ, अभिनेता फरहान अख्तर प्रेमिका शिबानी डान्डेकरसँगै उक्त पार्टीमा देखिए ।
साथै, नायिका रबिना टन्डन, नेहा शर्मा, क्रिकेटर शिखर धवन, पूर्व क्रिकेटर जहिर खान र उनकी श्रीमती एवं नायिका सागरिका घाटगेसँग देखिए ।
साथै, कुणाल खेमु पनि उक्त पार्टीमा उपस्थित भए ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्याय खोज्दै फेरि मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’
-
एआईबाट सिर्जित सङ्गीत पहिचान गर्न नयाँ लेबलिङ प्रणाली सार्वजनिक
-
अघिल्लो वर्षको तुलनामा बढ्यो राजश्व संकलन, अनुदानमा पनि वृद्धि
-
कोरला नाका जोड्ने (छुसाङ–घमी) सडकको कालोपत्रका लागि ठेक्का आह्वान
-
अर्जेन्टिनाको खेल नसकिँदै थामिएन गुगल सर्चको ट्राफिक, एकैदिन बन्यो नयाँ कीर्तिमान
-
बस्ती खाली गर्नुलाई नै बहादुरी ठानियो, विस्थापितको पुनर्स्थापना खोइ ? : शंकर पोखरेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण