पाँचवर्षको करियरपछि बलिउड छोड्ने वसिमको घोषणाः भन्छिन्, ‘छोटो जीवनमा लामो संघर्ष गर्न सकिनँ’
फिल्म दंगलमा आफ्नो दमदार भूमिकाका लागि चिनिने जायरा वसिमले अचानक बलिउड छोड्ने घोषणा गरेकी छिन् । जायराले फेसबुक, ट्वीटर र इन्स्टाग्राममा एउटा लामो स्टेटस लेखेर आफ्नो मनको कुरा बताएकी छिन् ।
उनको यस्तो निर्णयपछि जायराले यस्तो निर्णय किन् गरिन् भनेर जोकोही हैरान छन् ।
जायराले लेखेकी छिन्, ‘पाँच वर्षअघि मैले बलिउड आउने निर्णय गरेकी थिएँ र त्यसपछि मेरो जीवन पूर्ण रुपमा परिवर्तन भयो । पाँच वर्षको मेरो बलिउड यात्रा निकै संघर्षपूर्ण रह्यो । म आफ्नो अन्तर्आत्मादेखि लडिरहे । म आफ्नो छोटो जीवनमा यति लामो लडाईं लड्न सकिरहेको छैन र बलिउडसँग आफ्नो नाता सधैंका लागि तोड्दै छु । ’
जायराले आफूले निकै सोचेर र बुझेर यस्तो निर्णय लिएको बताइन् ।
जायरा वसिमको यस्तो निर्णयले उनका प्रशंसकलाई ठूलै झट्का लागेको छ । प्रशंसकले उनको निर्णयमा आफ्नो प्रतिक्रिया दिइरहेका छन् । कतिले उनको समर्थन गरिरहेका छन् भने कतिले विरोध पनि गरिरहेका छन् ।
Zaira wasim;
— umer_showket (@rosa_bluu) June 30, 2019
Really! 🙄#ZairaWasim
Huge slap on the faces of those libtards and feminists who always keep propagating that money and women emancipation through liberating them from natural tendencies is a real success.#ZairaWasim https://t.co/Zuvqy4D9tr
— Aabid Yousuf Lone (@Aabid_Yousuf22) June 30, 2019
She sounds obsessed with religion. Too young to speak in this manner.Religion can offer a bit of support, but use your one life to do good,be of use to fellow humans. I know one Hindu teenage boy who has entered an ashram. His parents visit him occasionally.
— Lali (@ReaderLals) June 30, 2019
Such a brave decision sister, this manifests your believe in almighty allah,, indeed it's a lesson to modern society which always promote culture of feminism
— Inayat Hussain (@Inayat_h9) June 30, 2019
फिल्म दंगलका लागि नेशनल अवार्ड जित्ने जायरा वसिमको यो बयान र कदम अचम्मित गरिदिने किसिमको छ । फिल्ममा उनले पहलवान गीता फोगाटको भूमिका निभाएकी थिइन् । कम उमेरमा उनले ठूलो सफलता हासिल गरिन् । बलिउडका ठूला फिल्मनिर्मातामाथि उनीमाथि नजर थियो । दंगलपछि सन् २०१७ मा जायरा वसिम आखिर खानको फिल्म ‘सिक्रेट सुपरस्टार’ मा पनि देखिइन् र यो फिल्मका लागि उनले फिल्मफेयर बेस्ट एक्ट्रेसको अवार्ड पाएकी थिइन् ।
जायरा त्यतिबेला चर्चामा आइन् जब एक व्यक्तिले विमानभित्र उनीमाथि दुर्व्यवहार गरे । कामको कुरा गर्ने हो भने जायरा वसिम ‘स्काई इज पिंक’ मा देखिनेछिन् । हालै यो फिल्मको सुटिङ सिद्धिएको छ । यो फिल्ममा उनी प्रियंका चोपडा र फरहान अख्तरसँग देखिनेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्याय खोज्दै फेरि मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’
-
एआईबाट सिर्जित सङ्गीत पहिचान गर्न नयाँ लेबलिङ प्रणाली सार्वजनिक
-
अघिल्लो वर्षको तुलनामा बढ्यो राजश्व संकलन, अनुदानमा पनि वृद्धि
-
कोरला नाका जोड्ने (छुसाङ–घमी) सडकको कालोपत्रका लागि ठेक्का आह्वान
-
अर्जेन्टिनाको खेल नसकिँदै थामिएन गुगल सर्चको ट्राफिक, एकैदिन बन्यो नयाँ कीर्तिमान
-
बस्ती खाली गर्नुलाई नै बहादुरी ठानियो, विस्थापितको पुनर्स्थापना खोइ ? : शंकर पोखरेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण