अमिषा पटेलमाथि धोकाको आरोप, मुद्दा अदालतसम्म पुग्यो
फ्यामिली अफ ठाकुर गंज फिल्मका निर्माता अजय कुमार सिंहले अमिषा पटेलले धोका दिएको आरोप लगाएका छन् । अजयका अनुसार अमिषा पटेलले फिल्म देसी म्याजिकका लागि साढे दुई करोड भारु उधारो लिएकी थिइन् । तर उनले एक वर्षदेखि पैसा फिर्ता दिने प्रश्नमा कुनै जवाफ दिइरहेकी छैनन् । जसका कारण अजयले राँचीको एक अदालतको ढोका ढक्ढकाएका छन् ।
८ जुलाईमा हुनेछ पेशीः
न्यूज एजेन्सी आइएएनससँग कुरा गर्दै अजयले भने, ‘हामीले ३ करोड भारुको चेक बाउन्स भएपछि राँचीको एक अदालतमा मुद्दा दर्ता गरेका छौं । ‘देसी म्याजिक’ नामको फिल्म रिलिजका लागि गत वर्ष उनले मसँग जुन पैसा लिएकी थिइन्, त्यससम्बन्धि उनले कुनै पनि जवाफ दिइरहेकी छैनन् । अब उनको जुलाई ८ मा अदालतमा पेशी छ ।’
अजयले गरेका थिए गिरफ्तारीको मागः
उनले थपे, ‘यदि उनी आइनन् भने अमिषाविरुद्ध पक्राउ पुर्जी जारी गरिनेछ । हामी जून १७ तारिखमा एक पुर्जी जारी गर्न अनुरोधसहित अदालत गएका थियौं किनभने उनले जवाफ दिइरहेकी छैनन् तर अदालतका न्यायाधीसले पक्राउ पुर्जी जारी गर्नुअघि अदालतमा पेशीको सुझाव दिएका छन् ।’
जूनमा रिलिज हुने तयारीमा थियो फिल्मः
अजयका अनुसार अमिषा पटेलको यो फिल्म जून २०१९ मा रिलिज हुने तयारीमा थियो । त्यसपछि यसलाई सेप्टेम्बरसम्म बढाइयो । उनले भने, ‘मलाई तीन करोड भारुको चेक दिइएको थियो तर त्यो बाउन्स भयो । जब मैले यसबारे जान्न खोजेँ तब उनको मप्रतिको व्यवहार पूर्ण रुपमा बदलियो । उनले म साना लगानीकर्ता भएकाले चुप लागेर बस्नुपर्ने अह्राइन् । तर यो मेरो पैसा थियो त्यसकारण ब्याजसहित फिर्ता लिन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरो हत्याको प्रयास गरिए इरानलाई ध्वस्त पारिदिन्छु : डोनाल्ड ट्रम्प
-
गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध
-
आत्मनिर्भर उद्योगदेखि खण्डहरसम्म : भृकुटी कागज कारखानाको चार दशकको यात्रा (तस्बिरहरू)
-
ग्वार्कोमा चोरी गर्न आएको आरोपमा निर्घात कुटपिट गरी हत्या
-
कतिपय मानिसलाई लामखुट्टेले किन धेरै टोक्छ ?
-
पोखरा र काठमाडौँसहित देशका अधिकांश सहरमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण