शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

कबिर सिंहको सफलतापछि शाहिद कपुरले बढाए पारिश्रमिक, अर्को फिल्मको तयारी सुरु

सोमबार, १६ असार २०७६, १० : ४८
सोमबार, १६ असार २०७६

फिल्म ‘करिब सिंह’ को सफलतापछि शाहिद कपुरको करियर उचाइमा पुगेको छ । ‘सोलो लिड’ को रुपमा यो फिल्म शाहिदको करियरको सबैभन्दा सफल फिल्म बताइएको छ । स्रोतलाई मान्ने हो भने यसको सफलतापछि शाहिदले आफ्नो पारिश्रमिक बढाएका छन् ।

दोहोरो अंकमा बढाए पारिश्रमिकः

शाहिदले दोहोरो अंकमा आफ्नो पारिश्रमिक बढाउने निर्णय गरेका छन् । २१ जुनमा रिलिज भएको कबिर सिंहले बक्स अफिसमा तहल्का मच्चाइरहेको छ । दोस्रो शुक्रबारसम्म फिल्मले भारतमा १६३.७३ करोड भारु कमाइसकेको थियो । संदीप वांगको निर्देशनमा बनेको यो फिल्ममा शाहिदसँग कियारा आडवाणीको मुख्य भूमिका छ । कबिर सिंहको सफलताबीच शाहिदले आफ्नो नयाँ प्रोजेक्ट बक्सर डिङ्गको सिंह बायोपिकको तयारी सुरु गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप