शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

ब्रेकअपको खबर बीच १५ वर्षे कान्छा प्रेमीसँग सुष्मिताले फोटो सेयर गर्दै लेखिन्, ‘आइ लभ यू’

सोमबार, १६ असार २०७६, १३ : ०४
सोमबार, १६ असार २०७६

बलिउड नायिका सुष्मिता सेनको लभ लाइफ निकै चर्चामा छ । उनी आफ्ना प्रेमी रोहमन शलसँग सोसल मिडियामा फोटो सेयर गरिरहन्छिन् । सुष्मिता आफ्नो सम्बन्धको विषयमा निकै ओपन छिन् र यसलाई सार्वजनिक रुपमा स्विकार पनि गर्छिन् । तर केही दिन अघि मात्रै सुष्मिताको प्रेमी रोहमनसँग ब्रेकअप भएको खबर आएको थियो । तर अब सुष्मिताको नयाँ फोटोले यी खबरमाथि ब्रेक लगाइदिएको छ ।

सुष्मिताले आफ्नो इन्स्टाग्राममा एउटा फोटो सेयर गरेकी छिन् जसमा उनी आफ्ना प्रेमी रोहमनसँग देखिएकी छिन् । यो फोटो जिमको हो । यो फोटोमा सुष्मिताले रोहमनलाई आइ लभ यु पनि लेखेकी छिन् । जसमा रोहमनले कमेन्ट गरेका छन्, ‘र उनी मेरी हुन् ।’

केही समय अघि रोहमनले आफ्नो इन्स्टा स्टोरीमा केही मेसेज लेखेका थिए जसमा कसैको नाम त लेखेका थिएनन् तर त्यो हरेर सुष्मिता र उनको ब्रेकअपको खबर आउन थालेको थियो । उनको यो एउटा तस्बिरले ती सबै अफवाह भएको पुष्टि गरेको छ ।

स्मरण रहोस्, सुष्मिता यतिबेला ४२ वर्ष पुगेकी छिन् भने उनका प्रेमीको उमेर २७ वर्ष हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप