यी हास्यकलाकार डिप्रेशनमा, भिडियो पोष्टमार्फत् गरे खुलासा
भारतीय हास्यकलाकार तन्मय भट्ट यतिबेला डिप्रेशनसँग जुधिरहेका छन् । आफ्नो कमेडी टाइमिङबाट सबैलाई हँसाउने हास्यकलाकार पछिल्लो केही समयदेखि सोसल मिडियाबाट टाढा छन् । गत वर्ष अक्टोबरमा मिटू अभियानको क्रममा उत्सव चक्रवर्तीविरुद्ध लागेको आरोपमाथि कुनै एक्सन नलिएका कारण तन्मय भट्टलाई निलम्बन गरिएको थियो । भिडियो पोस्ट गर्दै उनले आजकाल आफू निकै मुश्किलको सामना गरिरहेको बताएका छन् ।
मिटू अभियानकमो क्रममा निलम्बन भएको विषयमा तन्मयले भिडियोमा भने, ‘अक्टोबरमा यो सबै भएपछि म मानसिक रुपमा ठूलो समस्याको सामना गरिरहेको छु । म आफूलाई प्यारालाइज्ड महसुस गरिरहेको छु । म न त सामाजिक रुपमा, अनलाइन र अफलाइनमा आफ्नो भूमिका निभाउन सकिरहेको छैन ।’
तन्मय भट्टले थपे, ‘गत वर्ष मलाई डाक्टरले म डिप्रेसनसँग जुधिरहेको र यसका लागि मैले केही गर्नुपर्ने बताएका छन् ।’
आफ्नो बारे जानकारी दिँदै तन्मयले भने, ‘तपाईंमध्ये धेरैले मलाई किन अगाडि बढ्न नसकेको भनेर सोध्नुहोला, मैले आफूलाई किन दोस्रो मौका नदिएको भनेर पनि सोधिरहनुभएको छ । यी सबै सुझाज कुनै कारणवश पाएको छु । म आफ्नो जीवन समाप्त हुनुअघि केही गर्न चाहन्छु । आफूलाई सम्हाल्नका लागि मसँग त्यति शक्ति छैन । डाक्टरले मलाई औषधी चलाउनुपर्ने बताएका थिए । कहिलेकाँही म सोच्छु कि कतै म प्यारालाइसिसको स्थायी स्टेजमा त पुग्दिनँ ? म यसबाट बाहिर निस्कन सक्छु कि सक्दिनँ भनेर पनि चिन्ता लाग्छ ।’
तन्मयले आफ्नो डिप्रेशनबारे खुलेर कुरा गरेपछि धेरैजसो सेलिब्रिटीले पनि कमेन्ट गरेका छन् । गायक विशाल ददलानीले लेखे, ‘धेरै दबाबमा नलिनुहोस् । तिमीलाई जति समय लाग्छ, त्यो लिउ । तर सधैं याद राख कि यहाँ सबैले तिमीलाई माया गर्छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफूविरुद्ध हत्या आह्वान भएको दाबी गर्दै ट्रम्पद्वारा इरानलाई कडा चेतावनी
-
गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध
-
आत्मनिर्भर उद्योगदेखि खण्डहरसम्म : भृकुटी कागज कारखानाको चार दशकको यात्रा (तस्बिरहरू)
-
ग्वार्कोमा चोरी गर्न आएको आरोपमा निर्घात कुटपिट गरी हत्या
-
कतिपय मानिसलाई लामखुट्टेले किन धेरै टोक्छ ?
-
पोखरा र काठमाडौँसहित देशका अधिकांश सहरमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण