विवाह नगरी आमा बनिन् सलमान खानकी यी नायिका, तीन वर्षपछि गरिन् खुलासा
देव डी, साहेब बीबी और ग्याङ्गस्टर, दबंगजस्ता फिल्ममा आफ्नो बोल्ड अन्दाजबाट सबैको मन मस्तिष्कमा बस्न सफल माही गिल आजकाल चर्चामा छिन् । नायिकाले हालै आफ्नो नीजि जीवनबारे खुलेर कुराकानी गरेकी छिन् । यतिबेला उनले आफ्नो एक छोरी भएको र यसमा आफूलाई गर्व भएको बताइन् । नायिकाले आफू विवाहित नभएको तर विवाह गर्न चाहेको बताइन् ।
हालै भारतीय मिडिया नवभारत टाइम्सलाई दिएको अन्तरवार्तामा उनले यो वर्षको अगस्टमा आफ्नी छोरी तीन वर्ष पूरा हुने बताएकी छिन् । यो कुरा किन लुकाएर राखेको भन्ने प्रश्नमा उनले भनिन्, ‘मलाई यसबारे कसैले पनि सोधेनन्, त्यसैले मैले पनि कहिले बताइनँ । अहिले मानिसहरुले यसबारे सोधिरहेका छन् र मैले उत्तर दिइरहेकी छु । ’
यसका साथै उनले आफू सिंगल नभएको बताएकी छिन् । प्रेमीबारे जानकारी दिँदै उनले भनिन्, ‘उनी गोवामा व्यापार गर्छन् । त्यसकारण म धेरैजसो गोवा आवतजावत गरिरहन्छु ।
उनकी छोरी मुम्बईमा उनीसँगै बस्ने र छोरीको हेरविचार उनकी काकीले गर्ने गरेको बताइन् ।
विवाहको योजनाबारे प्रश्न सोध्दा उनले भनिन्, ‘विवाह किन गर्नै गर्यो र । सबैकुरा तपाईंको सोच र समयमा निर्भर हुन्छ ।’
‘परिवार र बच्चा विवाह नगरीकनै बन्न सक्छन् । मलाई लाग्दैन कि यसमा कुनै समस्या छ । विवाह नगरी बच्चा जन्माउनुलाई साधारण रुपमा लिनुपर्छ,’ उनी भन्छिन्, ‘मलाई लाग्छ कि सबैको आ–आफ्नै जीवन हुन्छ र हरेकको आफ्नै सिद्धान्त पनि छ । विवाह निकै सुन्दर छ तर विवाह गर्नु तपाईंको नीजि रोजाई हुनुपर्छ ।’
कामको कुरा गर्ने हो भने उनको फिल्म फ्यामिली अफ ठाकुरगञ्ज चाँडै नै रिलिज हुने तयारीमा छ । नायिका आजकाल यो फिल्मको प्रोमोशनमा निकै व्यस्त छिन् । यसबाहेक माही दबंग थ्रीमा पनि देखिनेछिन् । यो फिल्ममा उनीसँग अरबाज खान, सलमान खान र सोनाक्षी सिन्हाको मुख्य भूमिका हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्याय खोज्दै फेरि मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’
-
एआईबाट सिर्जित सङ्गीत पहिचान गर्न नयाँ लेबलिङ प्रणाली सार्वजनिक
-
अघिल्लो वर्षको तुलनामा बढ्यो राजश्व संकलन, अनुदानमा पनि वृद्धि
-
कोरला नाका जोड्ने (छुसाङ–घमी) सडकको कालोपत्रका लागि ठेक्का आह्वान
-
अर्जेन्टिनाको खेल नसकिँदै थामिएन गुगल सर्चको ट्राफिक, एकैदिन बन्यो नयाँ कीर्तिमान
-
बस्ती खाली गर्नुलाई नै बहादुरी ठानियो, विस्थापितको पुनर्स्थापना खोइ ? : शंकर पोखरेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण