फोटो सेयर गर्दिनँ, आफ्नो छोरालाई तैमुर (करिना–सैफका छोरा) बनाउन चाहन्नँः पाकिस्तानी पूर्व क्रिकेटर
पाकिस्तानका पूर्व क्रिकेटर शोएब अख्तरले आफ्नो युट्युब च्यानलमार्फत् छोराको पिता भएको जानकारी दिएका छन् । शोएबले आफ्नो बच्चालाई तैमुर (करिना–सैफको) का छोरा झैं लाइमलाइटमा ल्याउन नचाहेको भन्दै तस्बिर साझा नगर्ने बताएका छन् । शोएबका अनुसार श्रीमती रुबाब बेगमले बिहिबार छोरालाई जन्म दिएकी छिन् र आमा–बच्चा दुबै स्वस्थ छन् ।
पूर्व पाकिस्तानी क्रिकेटरले आफ्नो बच्चाको नाम अहिलेसम्म पनि नराखेको बताएका छन् । भिडियोमा प्रशंसकलाई सम्बोधन गर्दै शोएबले आफ्नो बच्चाको नामको विषयमा थोरै अलमलमा भएको बताए । शोएबले प्रशंसकलाई उनकी श्रीमती र बच्चाको राम्रो स्वास्थ्यका लागि प्रार्थना गरिदिन आग्रह गरेका छन् । शोएबले रुबाब खानसँग सन् २०१४ मा विवाह गरेका थिए । उनका यसअघि ती वर्षका एक छोरा छन् जसको नाम उनीहरुले मोहब्बत मिगेल अली राखेका छन् ।
स्मरण रहोस्, सैफ अली खान र करिना कपुरका छोरा तैमुर अली खान सोसल मिडियामा निकै चर्चित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्याय खोज्दै फेरि मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’
-
एआईबाट सिर्जित सङ्गीत पहिचान गर्न नयाँ लेबलिङ प्रणाली सार्वजनिक
-
अघिल्लो वर्षको तुलनामा बढ्यो राजश्व संकलन, अनुदानमा पनि वृद्धि
-
कोरला नाका जोड्ने (छुसाङ–घमी) सडकको कालोपत्रका लागि ठेक्का आह्वान
-
अर्जेन्टिनाको खेल नसकिँदै थामिएन गुगल सर्चको ट्राफिक, एकैदिन बन्यो नयाँ कीर्तिमान
-
बस्ती खाली गर्नुलाई नै बहादुरी ठानियो, विस्थापितको पुनर्स्थापना खोइ ? : शंकर पोखरेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण