शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

मलाई लाग्यो, ऊ मलाई आँखाले बलात्कार गरिरहेको छ...

आइतबार, २२ असार २०७६, १० : ५२
आइतबार, २२ असार २०७६

बलिउड नायिका ईशा गुप्ताले होटल मालिकलाई आफूलाई आँखाले बलात्कार गरेको आरोप लगाएकी छिन् । शुक्रबार उनको नयाँ फिल्म ‘वन डेः जस्टिस डिलीवर्ड’ को रिलीजको दिन साथीसँग होटल गएकी ईशाले ट्विट गर्दै यस्तो आरोप लगाएकी हुन् । 

शनिवार ईशाले होटल मालिक रोहित विजले उनीमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाउँदै ट्विट गरेकी थिइन् । 

उनले लेखेकी छिन्, ‘यदि देशमा म जस्तो महिलाले त असुरक्षित महसुस गरिरहेकी छु भने अरु महिलाहरुको हालत कस्तो होला ? यहाँ सम्म कि मसँग दुईजना सेक्युरिटी गार्ड थिए तर मैले यस्तो महसुस गरे कि उसले आँखाले नै मलाई बलात्कार गरिरहेको छ ।’

उनले यस्ता व्यक्तिहरुलाई संस्कार सिकाउन आवश्यकता भएको भन्दै अगाडि लेखेकी छिन्, ‘रोहिज विज जस्ता मानिसहरुका कारण नै महिलाहरु आफूलाई कहिल्यै सुरक्षित महसुस गर्न सक्दैनन् । तिमी आफ्ना आँखासँगै मेरो नजिक थियौँ र तिमीले मलाई घुर्नु नै काफी थियो ।’ उनले लेखेकी छिन्, ‘केहि मानिसहरु एकदमै असभ्य हुन्छन्, लाग्छ उनीहरुलाई थाहा नै छैन अपरिचित मानिसहरुसँग कसरी व्यवहार गर्ने भनेर ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप