सांसद बनेपछि सनी देओलले बढाए पारिश्रमिक, फिल्म निर्माताले हिरो नै फेर्ने
सांसद बनेपछि सनी देओलले फिल्मको पारिश्रमिकमा वृद्धि गरेका छन् । यसको पहिलो साक्षी फतेह सिंह बन्यो । फिल्मसँग जोडिएका नजिकको स्रोतका अनुसार फतेह सिंहका लागि सनी देओलले ५ करोड भरुको माग गरे, जो निर्माण पक्षलाई धेरै लाग्यो । फिल्मको धेरैजसो सुटिङ लण्डनमा हुने निश्चित भएको, त्यहाँका कास्ट र क्रु मेम्बर्ससहित ठूलो संख्यामा त्यहाँका स्थानीय कलाकारको पनि कास्टिङ हुने भएकाले नायकलाई पाँच करोड दिन नसक्ने निर्माण पक्षको भनाई छ । त्यसकारण फतेह सिंहमा अन्य हिरो लिइने निर्णय लिइएको जानकारीमा उल्लेख छ ।
राजकुमार सन्तोषीको ड्रिम प्रोजेक्टः
फतेह सिंह राजकुमार सन्तोषीको ड्रिम प्रोजक्ट हो । उनी लामो समयदेखि यो बनाउन लागीपरेका छन् । योमार्फत्, उनी सनी देओलसँग बिग्रिएको सम्बन्ध सुधार्न जुटेका थिए । यद्यपि, उनको यो आशा अब पूरा नहुने देखिएको छ । विशेषगरी यसका निर्माताले सनी देओलको साटो साउथका कुनै ठूला नायकलाई फिल्ममा अनुबन्ध गराउने निर्णय लिएका छन् । टिभीमा साउथ इन्डियन फिल्मको हिन्दी डब भर्सनले हिन्दी बेल्टमा त्यहाँको कलाकारको चर्चा चुलिएको छ । उनीहरुलाई चिन्न मानिसलाई कुनै समस्या हुनेछैन ।
अहिलेको समयको कहानी हो फतेह सिंहः
फतेह सिंह पिरियड ड्रामा नभई आजको समयको कहानी हो । सुरुमा यो पिरियड ड्रामा भएको हल्ला फैलिएको थियो । फिल्म पंजाबदेखि लण्डन सर्ने युवाको कहानी हो । नायक पंजाबबाट लण्डन पुग्छन् । त्यहाँ उनी बम डिफ्युज गर्ने साथीसँग काम गर्न थाल्छन् ।
निर्माणपक्षले कुन कलाकारलाई फतेह सिंहको भूमिका दिनेछन् भनेर हेर्न बाँकी नै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्याय खोज्दै फेरि मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’
-
एआईबाट सिर्जित सङ्गीत पहिचान गर्न नयाँ लेबलिङ प्रणाली सार्वजनिक
-
अघिल्लो वर्षको तुलनामा बढ्यो राजश्व संकलन, अनुदानमा पनि वृद्धि
-
कोरला नाका जोड्ने (छुसाङ–घमी) सडकको कालोपत्रका लागि ठेक्का आह्वान
-
अर्जेन्टिनाको खेल नसकिँदै थामिएन गुगल सर्चको ट्राफिक, एकैदिन बन्यो नयाँ कीर्तिमान
-
बस्ती खाली गर्नुलाई नै बहादुरी ठानियो, विस्थापितको पुनर्स्थापना खोइ ? : शंकर पोखरेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण