रबिनालाई पानीमा नाचिरहेको देखेपछि रणवीर हेरेको हेर्यै, सेटबाटै निकालियो
अक्षय कुमार, सुनिल सेट्टी, नसिरुद्दीन शाह र रबिना टण्डन स्टारर फिल्म मोहराले आफ्नो रिलिजको २५ वर्ष पुरा गरेको छ । फिल्मको एक्सन सिक्वेन्स र गीतहरु विशेष चर्चामा रहे । ‘ती चीज बडी हे मस्त मस्त’ र ‘टिप टिप बरसा पानी’ आज पनि बलिउडको सबैभन्दा चर्चित गीतमध्ये पर्छन् । यो गीतमा अक्षय कुमार र रबिना टण्डनको शानदार केमेस्ट्रि देखिएको थियो ।
रणवीर सिंहले यसै गीतसँग जोडिएको एउटा रोचक किस्सा सेयर गरेका छन् । रणवीरले राजिव मसन्दसँगको अन्तरवार्तामा भनेका छन्, ‘मेरा केजी कजिन क्यानडाबाट आएका थिए र सबैजना अक्षय कुमारका ठूला फ्यान । सबैले अक्षय कुमारलाई हेर्न जिद्दी गरिरहेका थिए । मेरा पिता बलिउडका केही निर्मातासँग नजिक हुनुहुन्थ्यो त्यसकारण हामीलाई अक्षय कुमारले रबिना टण्डनसँग टिपटिप बरसा पानीको सुटिङ गरिरहेको भन्ने कुरा थाहा पाउन गाह्रो भएन ।’
उनी थप्छन्, ‘सुटिङ हेर्न हामी सबै गयौं । सेटमा रबिनालाई देखेर म हैरान भएँ । मैले आफ्नो जीवनमा यति सुन्दर युवती देखेको थिइनँ र उनलाई एकटक हेरिरहेँ । मलाई थाहै भएन कि रबिनलाई मेरो हेराइले असहज महसुस भइरहेको थियो । मलाई सेटबाट निकालिएपछि मात्रै यसबारे थाहा भयो ।’
रणवीरले थपे, ‘म निकै मोटो थिएँ, दाँतमा ब्रेसेज बाँधिएको थियो र मेरो फुटबल खेलाडी रोनाल्डोजस्तो हेयरकट थियो । सेटबाट निकालिएपछि मलाई एकदम नरमाइलो लाग्यो किनभने म ठूलो आशा बोकेर सुटिङ हेर्न पुगेको थिएँ । मलाई उदास देखेर अक्षय कुमार म भएठाउँ आएका थिए र उनले मेरो हौसला बढाउनका लागि मेरो कपाल मनपरेको बताए ।’
अक्षयले यस्तो भनेपछि आफू फुरुङ्ग भएकमो रणवीरले बताए । त्यसपछि यी दुईले सँगै फोटो खिचेको तर रबिनासँग तस्बिर खिच्न असमर्थ भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरो हत्याको प्रयास गरिए इरानलाई ध्वस्त पारिदिन्छु : डोनाल्ड ट्रम्प
-
गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध
-
आत्मनिर्भर उद्योगदेखि खण्डहरसम्म : भृकुटी कागज कारखानाको चार दशकको यात्रा (तस्बिरहरू)
-
ग्वार्कोमा चोरी गर्न आएको आरोपमा निर्घात कुटपिट गरी हत्या
-
कतिपय मानिसलाई लामखुट्टेले किन धेरै टोक्छ ?
-
पोखरा र काठमाडौँसहित देशका अधिकांश सहरमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण