सलमान खानले भने, ‘मसहित बलिउडमा जम्मा पाँच सेलिब्रिटी’
आइतबार, २९ असार २०७६, १० : ०७
भारतीय नायक सलमान खानले बलिउडमा आफूसहित जम्मा पाँचजना मात्र सेलिब्रिटी भएको बताएका छन् । उनका अनुसार यी पाँचजनाको सूचीमा उनीलगायत शाहरुख खान, आमिर खान, अक्षय कुमार र अजय देवगन पर्छन् । उनले धेरै समयसम्म स्टारडमलाई कायम राखिराख्न निकै गाह्रो भएको बताएका छन् ।
फिल्मफेयरसँगको अन्तरवार्तामा सलमानले भने, ‘अन्ततः स्टारडम बिलिन भएर जान्छ । धेरै समयसम्म यसलाई निरन्तरता दिन सक्नु निकै ठूलो कुरा हो । मलाई लाग्छ शाहरुख खान, आमिर, अक्की (अक्षय कुमार), अजय... हामीले यसलाई धेरैसम्म टिकाउन सक्यौं । यसलाई थप केही वर्षसम्म टिकाइराख्न हामी प्रयासरत छौं ।’
पछिल्लो समयमा सलमान खान सोसल मिडियामा निकै सक्रिय छन् । उनी कहिले व्यायाम गरिरहेको फोटो भिडियो हाल्छन् भने कहिले परिवारसँगका नीजि पल ।
कामको कुरा गर्नुपर्दा सलमान दबंग थ्रीको सुटिङमा व्यस्त छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरो हत्याको प्रयास गरिए इरानलाई ध्वस्त पारिदिन्छु : डोनाल्ड ट्रम्प
-
गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध
-
आत्मनिर्भर उद्योगदेखि खण्डहरसम्म : भृकुटी कागज कारखानाको चार दशकको यात्रा (तस्बिरहरू)
-
ग्वार्कोमा चोरी गर्न आएको आरोपमा निर्घात कुटपिट गरी हत्या
-
कतिपय मानिसलाई लामखुट्टेले किन धेरै टोक्छ ?
-
पोखरा र काठमाडौँसहित देशका अधिकांश सहरमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण