‘श्रीदेवीको हत्या भएको हो’
केरल प्रहरी महानिर्देशक ऋषिराज सिंहले बलिउडकी प्रसिद्ध नायिका श्रीदेवीको हत्या भएको दावी गरेका छन् । उनले श्रीदेवीको मृत्यु बाथटबमा डुबेर नभई एक हत्या भएको बताएका छन् ।
उनको यस्तो बयानपछि इन्टरनेटमा यस विषयमा बहसको जन्म दिएको छ । वास्तवमै भएको के थियो त ? धेरैलाई फेरि एकपटक यो प्रश्नले झस्काएको छ । सिंहको यो वयान उनका साथी फरेन्सिक सर्जन डा. उमादथनको सहायतामा दिएका थिए । डा. उमादथनको पनि केहि समय अगाडि निधन भइसकेको छ ।
यसैबीच, श्रीदेवीका पति तथा बलिउडका प्रोड्युसर बोनी कपूरले यस विषयमा आफ्नो धारणा व्यक्त गरेका छन् । उनले त्यस्ता बकवास कुराको विषयमा कुनै जवाफ नदिने बताए । उनले कुनै प्रतिक्रिया नभएको र मनगढन्ते कुरालाई कसैले रोक्न नसक्ने पनि बताए ।
अघिल्लो वर्ष २४ फेब्रअरीमा दुबईको एउटा होटलमा श्रीदेवीको मृत्यु भएको थियो । पोस्टमार्टमको रिपोर्टका अनुसार मादक पदार्थ सेवन गरेकी श्रीदेवीको मृत्यु बाथटबमा डुबेर भएको थियो । दुबई प्रहरीले उनको मृत्युको विषयमा लामो अनुसन्धानपछि पनि कुनै ठोस प्रमाण भेटिएको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध
-
आत्मनिर्भर उद्योगदेखि खण्डहरसम्म : भृकुटी कागज कारखानाको चार दशकको यात्रा (तस्बिरहरू)
-
ग्वार्कोमा चोरी गर्न आएको आरोपमा निर्घात कुटपिट गरी हत्या
-
कतिपय मानिसलाई लामखुट्टेले किन धेरै टोक्छ ?
-
पोखरा र काठमाडौँसहित देशका अधिकांश सहरमा वर्षाको सम्भावना
-
विश्वकपको खेल विवादमा अर्जेन्टिनी फुटबल संघको इमेल ह्याक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण