राजधानीसँग सम्पर्क टुट्न नदिन ४ ठाउँमा एक्रोब्रिज
बुधबार, ०१ साउन २०७६, ०६ : ३६
राजधानीसँग जोडिएका राजमार्गको सम्पर्क टुट्न नदिन नेपाली सेनाले चार स्थानमा एक्रोब्रिज तयारी हालतमा राखेको छ । प्राकृतिक प्रकोपका कारण राजमार्ग अवरुद्ध भएर राजधानीसँगको सम्पर्क टुट्न नदिन एक्रोबिज उपलब्ध गराइएको सेनाले जनाएको छ ।
विपद् व्यवस्थापनको पूर्वतयारीस्वरुप सेनाले पूर्वपश्चिम राजमार्ग, पृथ्वी राजमार्ग र त्रिभुवन राजपथअन्तर्गतका ४ स्थानमा ६० मेट्रि टनसम्मको भारवहन क्षमता रहेका चारवटा एक्रोब्रिज तयारी अवस्थामा राखेको छ ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार काठमाडौँको थानकोट, धादिङको बैरेनी, चितवनको भरतपुर र बाराको जितपुरमा ५.५ मिटर चौडा र ७६.२ मिटर लम्बाइका एक्रोब्रिज तयारी अवस्थामा राखिएको छ । यो समाचार आजको नागरिक दैनिकमा मातृका दाहालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा, सावधानीपूर्वक सवारी चलाउन आग्रह
-
आयुक्तहरूको कार्ययोजना : प्रविधि र विदेशमा मतदानको एजेन्डा, सांसदका प्रश्न– कसरी पत्याउने ?
-
नेपालको अबको साझा एजेन्डा लगानी मात्रै हो : अर्थमन्त्री
-
कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक
-
कांग्रेस आधिकारिकता विवादः असन्तुष्ट पक्षको दोस्रो पुनरावलोकन निवेदन सर्वोच्चमा
-
नेकपा कर्णाली संसदीय दलको बैठक : एमालेसँगको तिक्तता बिर्सिएर मजबुत सम्बन्ध बनाइने निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण