एकैपटक २ सय ४० न्यायाधीश सरुवा
न्यायपरिषद्ले एकैपटक २ सय ४० न्यायाधीशलाई सरुवा गरेको छ । न्यायपरिषद्का अध्यक्ष तथा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको अध्यक्षतामा बिहीबार बसेको बैठकले उच्च अदालतमा ७८ जना, जिल्ला अदालतमा १ सय ५६ र विशेष अदालतमा ६ जना न्यायाधीशलाई सरुवा गरेको हो ।
उच्च अदालतमा काजमा रहेका न्यायाधीश बाबुराम रेग्मीलाई उच्च अदालत जनकपुर सरुवा गरिएको छ । त्यस्तै, विशेष अदालतमा काजमा रहेका प्र्रमोदकुमार श्रेष्ठ वैद्यलाई उच्च अदालत पोखरामा सरुवा गरिएको छ । सर्वोच्चमा काजमा रहेका श्रीकान्त पौडेललाई उच्च अदालत पाटनमा सरुवा गरिएको छ ।
यस्तै, न्यायपरिषद्ले विशेष अदालतमा ६ जना नयाँ न्यायाधीश सिफारिस गरेको छ । न्यायपरिषद्को स्वीकृतिमा उच्च अदालतमा कार्यरत ६ जना न्यायाधीशलाई विशेष अदालतमा सिफारिस गरिएको हो ।
विशेष अदालतमा न्यायाधीश शिवराज अधिकारीलाई अध्यक्षको जिम्मेवारी दिने गरी सिफारिस भएको छ । यस्तै, उच्च अदालतका न्यायाधीश कृष्ण गिरी, बालेन्द्र रुपाखेती, शान्तिसिंह थापा, चन्द्रबहादुर सारु र रवि शर्मा अर्याललाई विशेष अदालतको न्यायाधीशमा सिफारिस गरिएको छ । सो सिफारिसपछि मन्त्रिपरिषद्ले निर्णय गरी उनीहरूलाई जिम्मेवारी तोक्नेछ । यो समाचार आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरिए दुई विभागका डीजी, सिँचाइमा श्रेष्ठ र विद्युत् विकास विभागमा गौतम
-
रास्वपा सभापति रवि लामिछानेको चीन भ्रमणले सरकारलाई कस्तो पार्ला प्रभाव ?
-
मुग्लिन–नारायणगढ सडकमा लेन अनुसाशन कायम गर्न चालकलाई आग्रह
-
भावी रणनीति तय गर्न नेपाल चिकित्सक संघको बैठक जारी
-
सवारी साधनको नयाँ प्रदूषण मापदण्ड स्वीकृत
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिनामा ६ सय ५५ जनाले पाए निःशुल्क प्रसूति सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण